• २०८१ बैशाख ८ शनिबार

एएफसी एसियन कप छनौट : नेपाल र ताजकिस्तानबीचको खेल आज 

kharibot

काठमाडौँ  । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै

एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने बताए ।

उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको हो । 

त्यस्तै ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताए । 

एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्क विहीन छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै