• २०८१ बैशाख ८ शनिबार

प्राधिकरणका सीईओ भुसालले बुझे सरकारको पत्र, सरकारद्वारा ‘धन्यवाद’ दिन समेत कन्जुस्याई !

kharibot

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले सरकारको पत्र बुझेका छन् । 

अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि सो अनुसारको पत्र भुसालले आइतबार बुझेका हुन् ।

सरकारले दिएको पत्रमा निर्वाचन आचारसंहिता लागेपछि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई सरकारको मन्त्रिपरिषदले असार २० गते गरेको निर्णय अनुसार पदमुक्त गरिएको उल्लेख गरिएको छ ।

सरकारले उल्लेख गरेको पत्रमा करिब ९ महिना प्राधिकरणलाई नेतृत्व दिएका भुसालको कामको बारेमा कुनै उल्लेख गरिएको छैन भने सरकारले 'धन्यवाद' दिन समेत कन्जुस्याई गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव बुद्धिबहादुर खड्काले हस्ताक्षर गरेको सो पत्रमा मिति असार २१ गते उल्लेख गरिएको भएपनि भुसाललाई शुक्रबार अबेर मात्र पत्र बारे जानकारी गराइएको थियो ।  

पुर्व अर्थसचिव समेत रहेका भुसाललाई तत्कालिन देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै