काठमाडौं । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्ये दुई दर्जन बैकहरुले झण्डै १४ अर्ब रुपैयाँ बराबरको कर्जा उठाई दिनको लागि ऋण असुली न्यायधीकरणमा मुद्धा दायर गरेका छन् ।
बैंकहरुले पटक पटक ताकेता गर्दा पनि ऋण उठ्न नसकेको, कतिपय ऋणीहरु सम्पर्क बाहिर रहेको र कतिपय ग्राहककोहरुको कर्जामा धितोले पनि नथेग्ने भएपछि ऋणी ग्राहकको थप सम्पती समेतबाट कर्जा उठाईदिनको लागि बैंकहरुले न्यायधीकरणमा मुद्धा दायर गरेका हुन् ।
यसरी मुद्धा दायर गरिेएका बैंकहरु मध्ये सबै भन्दा कम ऋण उठाउनको लागि ग्लोवल आईएमई बैंकले मुद्धा दायर गरेको छ । ग्लोवलले जम्मा २६ लाख ६६ हजार रुपैयाँ बराबरको ऋण उठाउनको न्यायधीकरणमा मुद्धा दायर गरेको छ । यसबाहेक लक्ष्मी बैंकले ४३ लाख ८८ हजार र स्टान्र्डड चार्टड बैंकले ८२ लख ५० हजार रुपैयाँ बराबरको ऋण उठाउनको लागि न्यायधीकरणमा आवेदन दिएको छ ।
सबै भन्दा बढी ऋण उठाउनको लागि भने सरकारी स्वामित्वका तीन वटा बाँणिज्य बैकहरुले आवेदन दिएको न्यायधीकरणले जानकारी दिएको छ । यसरी आवेदन दिनेहरु मध्ये राष्टिट्रय बाँणिज्य बैकले तीन अर्ब ९३ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको ऋण असुलीको लागि आवेदन दिएकोछ भने कृषि बिकास बैंकले तीन अर्ब ८८ करोड ९२ लाख १४ हजार रुपैयाँ बराबरको ऋण असुलीको लागि मुद्धा दर्ता गरेको छ ।
सरकारी स्वामित्वको नेपाल बैंकले पनि एक अर्ब ५८ करोड ३८ लाख नौ हजार रुपैयाँ बराबरको ऋण असुलीको लागि मुद्धा दायर गरेका छन् ।
यि बाहेक एनआईसी एशिया बैंकले एक करोड २३ लाख ४५ हजार, एनसीसी बैंकले ६० करोड ९६ लाख २९ हजार, प्रभु बैंकले २६ करोड ९१ लाख ३९ हजार, कुमारी बैंकले छ करोड ६७ लाख ९१, हजार रुपैयाँ बराबरको कर्जा असुलीको लागि न्यायधीकरणमा मुद्धा दर्ता गरेकाछन ।
यसैगरी नविल बैंकले ३७ करोड ३५ लाख ६६ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले १८ करोड आठ लाख ५२ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ३२ करोड नौ लाख २७ हजार रुपैयाँ बराबरको कर्जा असुलीको लागि मुद्धा दायर गरेको छ ।
ऋण असुली न्यायधीकरणमा कुन बैंकको कति ऋणको मुद्धा (रकम रु हजारमा)
क्रस बैंकको नाम असुल गनुपर्ने कर्जा
१ एनआईसी एसिया बैंक १२,३४५
२ एनसीसी बैंक ६,०९,६२९
३ प्रभु बैंक २,६९,१३९
४ कुमारी बैंक ६६,७९१
५ ग्लोबल आईएमई बैंक २,६६६
६ नबिल बैंक ३,७३,५६६
७ नेपाल इन्भेस्टमेन्ट बैंक १,८०,८५२
८ नेपाल एसबीआई बैंक ३,२०,९२७
९ बैंक अफ काठमाडौ ९,४३,०६४
१० नेपाल बंगलादेश बैंक ८,३७,३५२
११ लक्ष्मी बैंक ४,३८८
१२ सनराईज बैंक १,९०,४१५
१३ सिटिजन्स बैंक इन्टरनेशनल १०,६४१
१४ सिभिल बैंक ११,५८०
१५ स्ट्याण्डर्ड चार्टड बैंक ८,२५०
१६ हिमालयन बैंक ८,३१,०७७
१७ राष्ट्रिय बाँणिज्य बैंक ३९,३५,६७७
१८ कृषि बिकास बैंक ३८,८९,२१४
१९ नेपाल बैंक लिमिटड १५,८३,८०९
(श्रोत ऋण असुली न्यायधीकरण)