• २०८१ बैशाख ११ मंगलबार

बलिवुड अभिनेता मिथुनका छोरा मिमोहलाई बलात्कारको आरोप, विवाह रद्ध 

kharibot

मिमोह चक्रवर्ती र बलात्कारको आरोप लगाउने अभिनेत्री

मुम्बई । बलिवुड अभिनेता मिथुनका छोरा मिमोह बलात्कार र धोखाधडी मामिलामा फसेका छन् । 

यसै प्रकरणमा मिमोह र मिथुनकी पत्नी योगिता बालीलाई अदालतले अग्रिम जमानत दिएको छ । मिमोहले एक भोजपुर अभिनेत्रीलाई विवाह गर्ने प्रलोभन देखाएर करिब ४ बर्षसम्म यौन शोषण गरेको आरोप लगाउदै अदालत गएपछि उनको मुस्किल बढ्ने देखिएको छ ।

मिमोहमाथि मुद्धा दायर गरेपछि उनको शनिबार हुन लागेको विवाह पनि रोकिएको छ । विवाहको तयारी भइरहेका बेला प्रहरी विवाहस्थलमा पुगेपछि विवाह स्थगित भएको छ ।

मिमोहको विवाह अभिनेत्री मदालसा शर्मा सँग हुने तयारी भएको थियो । यो घटनापछि अब यो विवाह पनि टुट्न सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिमोहविरुद्ध मुद्धा दायर गरेकी अभिनेत्रीले आफुलाई धोका दिएको र आफु गर्भवती भएको बेला मिमोहले औषधि दिएर गर्भपात गराएको आरोप लगाएकी छन् ।

अभिनेता मिथुनक तीन छोरा र एक छोरी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै