• २०८१ बैशाख ८ शनिबार

भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले त्रिदिवसीय कार्यक्रम संचालन गर्ने 

kharibot

काठमाडौँ । हिमवत् खण्ड कला साहित्य र संस्कृती : विश्वव्यापी सम्पदा र मानवीय समृद्धि भन्ने मुल नाराको साथ २०५औ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले त्रिदिवसीय कार्यक्रम संचालन गर्ने भएको छ । 

आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले पर्यटन बोर्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिदिवसीय कार्यक्रमबारे जानकारी दिईएको हो । 

पत्रकारहरुसँग कुरा गदै प्रतिष्ठानका सदस्य सचिव डा. देवि नेपालले ३ दिनसम्म चल्ने सम्मेलको बारेमा बिबिध जानकारी गराउँदै हरेक देशलाई समेट्ने यस सम्मेलनले सम्बन्ध सुत्रमा बाँध्ने नेपालीहरु जहाँ जहाँ पुग्छन् त्यहि त्यहि भानुभक्त पुग्ने बताए  ।

त्यसैगरी संयोजक राजेन्द्र सुवेदीले साना .साना हिमालहरु मिलेर सगरमाथा बनेको बताउँदै उच्चर राम्रो ठाउँमा हामी रहेकाले हाम्रो राम्रोपन अन्यत्र बिस्तार गर्न र अन्यत्र भएको राम्रोपन ग्रहण गर्ने भएकोले सम्मेलन भावनाको  मिलन यात्रा भएकाले यो सम्मेलन नभएर सम्मिलन भएको बताए । 

त्रिदिवसीय कार्यक्रमले नेपाली भाषा र कलालाई विश्वभर  चिनाउँने   भएकाले कार्यक्रम पर्यटन र आर्थिक बिषयसँग जोडिएको बताईएको छ  ।

यस  कार्यक्रममा नेपाली कला,संस्कृती, तथा साहित्य  र सांस्कृतीक क्षेत्रको समयबद्ध र लक्ष्य अनुरुप हिमवत् खण्डमा आधारित कला,  साहित्य , संस्कृतिको समृद्धिको समृद्धिका आधारहरु , समृद्ध समाज निर्माणमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका स्रस्टा तथा साधकको योगदानको  पक्षहरु  प्रस्तुत गरिने छन्  ।

३ दिन सम्म चल्ने कार्यक्रममा असार २९ गते सुरु भएर ३१ गते समापन गरिने छ  ।

२०५औँ भानुजयन्तीका अवसरमा हिमवत् खण्ड कला साहित्य सम्मिलन २०५७ सम्पन्न गर्नको लागि २०५ सदस्यीय मूल समिती , १९ ओटा उपसमिती तथा ९ सदस्यीय परामर्श समिती र २७  सदस्यीय सचिवालय निर्माण गरीएको छ  ।

के के कार्यक्रम हुन्छ  

३ दिनसम्म चल्ने कार्यक्रममा  २९ गते पहिलो दिन राष्ट्रिय नाचघर जमलमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा बहुसांस्कृतीक एवं साङ्गीतिक कार्यक्रम  प्रस्तुत गरिने छ  । जहाँ विशिष्ट अतिथिको रुपमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माननीय संस्कृति मन्त्री रविन्द्र अधिकारी तथा विभिन्न विदेशी  पाहुनाहरुको साथमा संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ कवि वैरागी काँइला र स्रष्टा एवं चिन्तक मोदनाथ प्रश्रित विषयगत वक्ताको रुपमा रहने छन्  ।

दोस्रो दिन असार ३० गते रुसी विज्ञान तथा साँस्कृतिक केन्द्र कमलपोखरीमा कार्यपत्रहरुको प्रस्तुती ,  बहुभाषिक कविगोष्ठी, हास्यव्यङ्ग्य साँझ,  भानुभत्त चलचित्र प्रदर्शन लगाएतका कार्यक्रमहरु हुनेछन् । 

त्यसैगरी अन्तिम दिन  असार  ३१ गते चन्दागिरी सिर्जना यात्रा , चन्द्रागिरिबाट  समृद्धिको स्वर , नेपालबाहिरका नेपाली कविता र समापन समारोह प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरीने छ । यसै दिन हिमवत् खण्ड कला साहित्य सम्मिलन घोषणा पत्रको प्रस्तुती समेत गरिने छ  ।

    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै