• २०८१ बैशाख १२ बुधबार

बलिवुडमा प्रेममा असफल भएपछि अर्कैसँग विवाह गरेका सेलिब्रेटी  

kharibot

मुम्बई । बलिवुडमा हिरो हिरोइनका अफ्येर्सका चर्चाले बेला बेलामा उनीहरुका फ्यान र शुभचिन्तकबीच हलचल मच्चाउने गर्दछ ।

सलामानको कट्रिनासँगको ब्रेकअप होस्, ऋतिक र सुजैन खानको डिभोर्स होस्, ऋतिक र कंगना प्रकरण होस् सबै घट्नाले बलिवुडमा हलचल मच्चाएका थिए । यस्तै अफ्येर्स, ब्रेकअप र विवाहका समाचारका बीच हामीले यस रिपोर्टमा प्रेममा असफल भएपछि एरेन्ज विवाह गरेका केहि सेलिब्रेटीका बारेमा चर्चा गर्दै छौ ।

यस सुचिमा अभिनेता शाहिद कपुरको नाम आगाडी आउछ । शाहिद कपुर र अभिनेत्री करीना कपुरको अफ्येर्सको चर्चा एक समय बलिवुडको लागि ठुलो समाचारको विषय बन्ने गर्दथ्यो । उनीहरुको चर्चा एक समय पर्दा र पर्दा बाहिर उत्तिकै थियो । तर एकाएक करिना कपुरले शाहिदलाई छोडेर सैफअलि खानसँग गइन् र विवाह गरिन् । दुवैको ब्रेक अपपछि पनि उनीहरुले जब वि मेट र उड़ता पंजाव जस्ता फिल्ममा संगै काम भने गरेका थिए । करीनासँगको ब्रेकअप पछि शाहिदले २०१५ मा मीरा राजपुतसँग विवाह गरे ।

त्यस्तै यससुचिमा अभिनेत्री माधुरी दिक्षितको नाम पनि आउछ । कुनै समय बलिवुडमा माधुरी दिक्षित र संजय दत्तसँगको अफ्येर्सको चर्चाले बलिवुडलाई नै तताएको थियो ।

बलिवुडकि सुन्दर अभिनेत्री माधुरी र संजय दत्त पर्दामा पनि उत्तिकै सुपरहिट थिए । उनीहरुले सँगै खलनायक, साजन जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका छन् । सन् १९९३ मा मुम्बईको बम ब्लास्ट प्रकरणमा संजय दत्त जेल गएपछि उनीहरुको ब्रेकअप भएको थियो । त्यसपछि माधुरीले सन् १९९९ मा श्रीराम नेनेसँग एरेन्ज विवाह गरेकी थिइन् ।

त्यस्तै यस सुचिमा अभिनेता विवेक ओबरायको नाम पनि आउछ । विवेक ओबराय र ऐश्वर्या रायको प्रेम प्रसंगले पनि एक समय मिडि मा खास ठाउ पाउदथ्यो । दुवैले एक फिल्ममा पनि सँगै काम गरेका थिए । तर विवेक ओबरायले पत्रकार सम्मेलन गरेर ऐश्वर्याका पूर्वप्रेमी सलमान खानको विषयमा विभिन्न आरोप लगाएपछि विवेकले आफ्नी प्रेमिका ऐश्वर्या रायलाई त गुमाए नै फिल्मी क्यारियर समेत डुब्यो । प्रेममा पाएको धोका र असफलता पछि विवेकले प्रियंका अल्बासँग विवाह गरेका थिए ।

यस सुचिमा अभिनेत्री शिल्पा शेठीको नाम आउछ । बलिवुडमा शिल्पा र अक्षय कुमारको प्रेमको चर्चा खास रुपमा गरिन्छ । फिल्म मै खेलाडी तु अनाडीको सुटिंगको क्रममा दुवैको प्रेम बढेको थियो । तर उनीहरुको त्यो प्रेम सन् २००० मा आएर ब्रेकअप भयो । पछि प्रेममा असफल भएका दुवैले आ-आफ्नो बाटो रोजे र अक्षयले अर्की अभिनेत्री ट्वीङकल खन्नासँग विवाह गरे भने शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।

त्यस्तै बलिवुडमा प्रेममा असफल भएका जोडीमा अभिषेक बच्चन र करिश्मा कपुर पनि आउछन । बच्चन परिवार र कपुर परिवारको मिलन हेन क्रममा अभिषेक र करिश्माको इन्गेजमेन्ट समेत भएको थियो । तर पछि विभिन्न कारणले दुवैको इन्गेजमेन्ट टुटयो । त्यसपछि करिश्माले व्यापारी संजय कपुरसँग विवाह गरेपनि उनको त्यो विवाह पनि सफल भएन र उनले हाल डिभोर्स लिएर बसेकी छन् भने अभिषेक बच्चनले करिश्मासँग छुट्टिएपछि अर्की अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै