• २०८१ बैशाख १३ बिहीबार

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, उरुग्वे २-० ले पराजित

kharibot

काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विश्वकपको क्वाटरफाइनल खेलमा उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको छ ।

फ्रान्सका लागि राफेल भेरान र एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । फ्रान्सका लागि खेलको ४०औ मिनेटमा राफेल भेरानले हेड मार्फत गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाएका हुन् । भेरानको गोलका लागि एन्टोनी ग्रिजम्यानले असिस्ट गरेका थिए । 

पहिलो हाफमा १-० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफको ६१औ मीनेटमा ग्रिजम्यानले हानेको बल किपरले क्लियर गर्ने क्रममा गोल पोस्टमा छिरेपछि फ्रान्सका लागि दोस्रो गोल भएको थियो । ग्रिजम्यानले क्वाटरफाइनलमा एक गोल र एक गोल असिस्ट गरेर फ्रान्सको तर्फबाट विश्वकपको नकआउट चरणमा गोल गर्ने र असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् ।

यस खेलको विजेताले सेमिफाइनलमा ब्राजिल र बेल्जियमको खेलको विजेतासँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै