• २०८१ बैशाख ८ शनिबार

डिश मिडियाको संचालक समिति परिवर्तन, ढकाल अध्यक्ष र आचार्य प्रबन्ध संचालकमा चयन

kharibot

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन भएको छ ।

नयाँ समितिमा कम्पनिका संचालक हेमराज ढकाल सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् भने संचालक सुदिप आचार्यलाई प्रबन्ध संचालकमा चयन गरेको छ । 

शुक्रबार बसेको स्नाचालक समितिको बैठकले देवी प्रकाश भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरि उनले यस कम्पनीको उल्लेख्य प्रगतिमा पुर्याएको योगदानलाई उच्च मुल्याङक्न गर्दै धन्यवाद ज्ञापन गरेको छ । 

अध्यक्षमा चयन भएका ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् । 

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको पे टिभी उद्योग मा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै