• २०८१ बैशाख ६ बिहीबार

किन सूर्य छुन चाहन्छन् वैज्ञानिकहरु ? अगष्ट ४ मा हुँदै छ नासाको सपना साकार

kharibot

अमेरिका / अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले लामो समयदेखि प्रतीक्षारत अन्तरिक्ष अनुसन्धातृ स्पेसक्राफ्टको निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

उक्त यानले सूर्यलाई समेत छुने विश्वास गरिएको छ । नासाका अनुसार अर्को महिना केप कानाभरल एयर फोर्स स्टेसनबाट प्रक्षेपण गरिनलागेको यो यानको नाम पार्कर सोलार प्रोव हो भने यसको प्रतिघण्टा गति ७ लाख किमि रहेको छ ।

उक्त यानले सूर्यको सतहमा पुगेर इतिहास कायम गर्नुका साथै सोलार स्टोर्म (सौर्य विकीरणका आँधी)को अनुसन्धान गर्नेछ । यसअघि यस्तो मिसन कहिल्यै भएको थिएन । नासाले यस्तो स्पेसक्राफ्टको तस्बिरसमेत केही दिनअघि मात्रै सार्वजनिक गरेको छ । यो यानलाई ८ फुट डायमिटरको हिटशिल्डले सुरक्षित राखिने बताइएको छ ।

सौर्यकिरणले पावर नेटवर्कका कारण स्याटेलाइटहरुको अपरेसनमा ठूलो अवरोध पुर्याउने गर्दछन् । पार्कर सोलार प्रोव (पीएसपी)को आकार एउटा कारजत्रै रहेको छ भने यो अमेरिकाको फ्लोरिडा राज्यस्थित उक्त स्टेसनमा स्पेस लन्च कम्प्लेक्स ३७ को युनाइटेड लन्च एलियन्स डेल्टा आईभी हेभी रकेटद्वारा प्रक्षेपण गरिनेछ ।

उक्त यानले सौर्य वातावरणमण्डलमा सुरक्षित रुपमा प्रत्यक्ष उडान भर्नेछ । उक्त उडान सौर्यसतहबाट ६.५ मिलियन किमि टाढाको दूरीमा हुनेछ । त्यहाँबाट नासाको स्पेसक्राफ्टले सौर्यसतहवरपरको सौर्य शक्ति र ताप ट्रेस गरेर सौर्यआँधी र सौर्य तापमान शक्तिहरुबारे पत्ता लगाउनेछ ।

उक्त लन्च आगामी अगष्ट ४ मा हुनेछ भने यसको प्रत्यक्षप्रसारण नासाले गर्नेछ ।

उक्त यानले करिब ७ वर्षको यात्रा तय गर्नलागेको हो । यान सन् २०२४ मा आफ्नो गन्तव्यमा पुग्नेछ । यसले सूर्यको सात चक्कर लाउनेछ । जसले गर्दा यसलाई आफ्नो अध्ययन क्षेत्रमा पुर्याउन सहयोग मिल्नेछ ।

अहिलेसम्म सूर्यनजिक पुगेकामध्ये सात गुणा नजिकसम्म यो स्पेसक्राफ्ट पहिलोपटक सूर्यको सतहको नजिक पुग्ने यान बन्नेछ । पृथ्वीदेखि सूर्यसम्मको दूरी करिब ९३ मिलियन माइल अर्थात् एक सय ५० मिलियन किमि टाढा रहेको छ ।

  • उच्च विकसित हिट शिल्ड (माथि बायाँ) जसले स्पेसक्राफ्टलाई सुरक्षित राख्नेछ । यसको थर्मल प्रोटेक्सन सिष्टम १३ सय ७१ डिग्री सेल्सियससम्म सूर्यतर्फ पुग्नेछ । तस्बिर : नासा

नासाका एक प्रवक्ताका अनुसार सूर्यको एटमस्फिअरको महत्वपूर्ण भाग कोरोनामा पहिलोपटक उडान भर्नु महत्वपूर्ण रहेको छ । यसले सौर्यआँधीको विकास र उत्पत्ति बारे अहिलेको ज्ञान र यानले पत्ता लगाउने ज्ञानबीचको अन्तर पूरा गर्ने बताइएको छ ।

यसले गम्भीर योगदान दिने र सम्भावित ज्ञानबारे अनुमेय बनाउने अपेक्षा गरिएको ती अधिकारीको भनाइ छ । यसबाहेक उक्त सतहको परिवर्तित अवस्थाले पृथ्वीको अन्तरिक्ष वातावरणमा ल्याउने परिवर्तन र त्यसले हाम्रो जीवनमा पार्ने प्रभावबारे बुझ्न सजिलो हुने बताइएको छ ।

त्यस्तै मिसनकै अभिन्न अंगको रुपमा नासाले यानमा रहने माइक्रोचिपमा आफ्नो नाम राख्न आग्रह गरेको छ । मार्चमा यस्तो अफर गरिएको थियो ।

नासाले यो प्रोवको परीक्षण यही वर्षको सुरुवाती समरसिजनमा गरेको थियो भने यसले सूर्य छुने बताइएको थियो । यो यानले सूर्यको जीवन र मौसमी घटनाहरुबारे सूचना संकलन गर्नेछ । यसबाहेक यानले पाउने सफलताले वैज्ञानिकहरुलाई सौर्य आँधी जसले स्याटेलाइटहरु नष्ट गर्छ, त्यसबारे पनि महत्वपूर्ण ज्ञान हासिल हुनेछ ।

गत जनवरीमा नासाका विज्ञहरुले मेरिल्याण्डमा बनिरहेको यो प्रोवको आकार ४० फुट अर्थात् १२ मिटर अग्लो थर्मल भ्याकुम चेम्बर बनाएका थिए । यसले अन्तरिक्षको मौसमी अवस्थाअनुसार काम गर्नेछ । यसको मतलब भ्याकुम कन्डिसन भएको अवस्था र असाध्यै तातो र असाध्यै चिसो भएको अवस्थाअनुकूल काम गर्ने गरी यो बनाइएको छ ।

नासाको यो महत्वाकांक्षी मिसन हो भने सूर्यप्रतिको हाम्रो बुझाइमा नै ठूलो परिवर्तन ल्याउनेछ । नासाले सन् २०१७ को सेप्टेम्बरमा पहिलोपटक यसबारे खुलासा गरेको थियो । यस यानमा जडिट थर्मल शिल्डले यसलाई १३ सय ७१ डिग्री सेल्सियस तापक्रमसम्म जोगाउनेछ ।

यसको आकार ८ मिटर डायमिटर छ भने ४.५ इन्च बाक्लो कार्बन कम्पोजिटमा बनाइएको छ । उक्त यानको किटमा एउटा सेतो ह्विस्पर नामको प्रकाशक राखिएको छ जसले सौर्य किरणका तरंगको तस्बिर लिनेछ । त्यस्तै सोलार विन्डको बल्क प्लाज्माको मापनका लागि म्याग्नेटिक इक्विपमेन्टको समेत व्यवस्था गरिएको छ । स्पेस वेदर बुझ्न नासाले यस्तो मिसन प्रक्षेपणको तयारी गरेको बताएको छ ।

सोलार विन्डको प्रमुख स्रोत नै सूर्य हो । सोलार विन्ड भनेको ग्यासहरुको प्रवाह हो जसले १ करोड ६० लाख प्रतिघण्टाभन्दा धेरै गतिमा उक्त ग्यास पृथ्वीसम्म पठाउँछ । सोलार विन्डमा आउने अवरोधले पृथ्वीको म्याग्नेटिक फिल्डलाई हल्लाउने गर्छ भने सौर्य इनर्जीलाई विकीरणमा बदलिदिन्छ ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अध्ययनअनुसार कुनै संकेत वा चेतावनीविनै एउटा ठूलो सौर्य घटनाले खर्बौँ खर्ब डलरबराबरको सम्पत्ति अमेरिकामा मात्रै नष्ट पारिदिन सक्छ भने एक वर्षसम्म अमेरिकालाई विद्युत्रहित बनाइदिन पनि सक्छ ।

(नोट : बेलायती अनलाइन डेली मेलका लागि टिम कोलिन्सले तयार गरेको विज्ञान समाचारलाई भावानुवाद गरी यहाँ राखिएको हो ।)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै