• २०८१ बैशाख १२ बुधबार

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको एक समारोहका बिच बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीबाट विधिवत् समुद्घाटन सम्पन्न भएको छ ।

बैंकले मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रू.१७६ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्र बाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै