• २०८१ बैशाख ११ मंगलबार

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

kharibot

क्वालालम्पुर ।  मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा हुनुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । 

उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए । 

निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ । 

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उहाँले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए । 

सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री छन् । निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो । 

हालसालै सत्ताबाट बाहिरिएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका छन् । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो । 

सरकारी लगानीको एक कम्पनीमा उहाँको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उनीमाथि अनियमितताको प्रश्न उठाइएको छ । 

रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उनका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै