• २०८१ बैशाख ८ शनिबार

डा. केसीले अनसनबाट अधिनायकवाद लाद्न खोजे – गृहमन्त्री थापा 

kharibot

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले डा. गोविन्द केसीले अनसनको माध्यमबाट अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

बुधबार संघीय प्रतिनिधि सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले डा. गोविन्द केसीले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् । डा. केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको संसदलाई बताएका छन् । 

उनले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइ बताउदै विरोध गर्ने अधिकारलाई कुण्ठित नगरिएको बताए । 

उनले डा. गोविन्द केसीले अस्पतालमा अनसन बस्नुलाई लोकतन्त्र भन्न नमिल्ने बताउदै अति संवेदनशील अस्पतालमा संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुने हुनाले अन्त बस्न सक्नुहुन्न ? भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्री थापाले सडकबाट समस्या समाधान नहुने बह्न्दै लोकतान्त्रिक तरिकाले समस्याको समाधान गर्न समस्याको समाधान संसदबाट खोजिनुपर्ने बताए । 

गृहमन्त्री थापाले बाढी पहिरोबाट २४ जनाको निधन भएको ८ जना घाइते र २ जना बेपत्ता रहेको जानकारी दिएका छन् । उनले राहत र उद्धारको कार्य अहिले भैरहेको संसदलाई जानकरी दिएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै