सिन्धुपाल्चोकको अति दुर्गम स्थानबाट पनि टेलिकमले थाल्यो जीएसएम मोबाइल सेवा

खरीबोट

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउनथालेको जनाएको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको हो ।

यसअघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए । चेपेडाँडाको बिटिएस साइट सञ्चालनपश्चात् सिन्धुपाल्चोक जिल्लाका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यो क्षेत्रमा पहिलेदेखि नै करिब चार हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तारपश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने भएका छन् । सो क्षेत्रमा जिएसएम सेवा सुचारु भएपछि स्थानिय वासिन्दा निकै उत्साहित भएको पाइएको छ । अब सो क्षेत्रका वासिन्दाले जिएसएम मोबाइलबाट डाटा सेवा चलाउन र फोन गर्न समेत सक्नेछन् ।

गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित समाचार

नेपाल टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

काठमाडौँ ।  सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।  कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो

नेपाल टेलिकमको साधारणसभा सम्पन्न, प्रतिसेयर ५५ नगद लाभांश दिने 

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा रकम मध्येबाट रु.५५ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद

टेलिकमको ‘विन्टर अफर’ : यस्ता छन्, थरीथरीका डाडा प्याक

काठमाडौँ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ ।  कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले

'चिठ्ठा परेको' भनी फोन आए १८८ मा फोन गर्नुहोस् : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विदेशबाट आउने अवैध कलप्रति सचेत रहन आग्रह गरेको छ । ग्राहकले गुणस्तरीय सेवाबाट वञ्चित हुनुपर्ने र अवैध कलकै कारण राज्यले संकलन गर्ने राजस्वमा समेत