• २०८१ बैशाख ६ बिहीबार

उत्तर-दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

kharibot

सोल  ।  दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । 

दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमहरुले दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताएका छन् । 

दक्षिण कोरियाली केही सञ्चारमाध्यमले बास्केटबल उत्तर कोरियाली नेता किम जोङ उनको सबैभन्दा मनपर्ने खेल हो । अहिले आएर उहाँको लोकप्रिय खेलका खेलाडीहरुले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने बताइएको छ । 

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा यहाँका ५० जना बास्केटबल खेलाडीको सो प्रतिनिधिमण्डल मङ्गलबार उत्तर कोरियाको राजधानीका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बताइएको छ । 

उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा यही जुन १२ मा सिङ्गापुरमा भएको वार्तापछि पहिलो पटक यी दुई देशका यति उच्च अधिकारीले भ्रमण गर्न लागेका हुन् । 

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । 
यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको जानकारी गराइएको छ । 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन् । 

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिनुभएको समाचार आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै