• २०८१ बैशाख १४ शुक्रबार

मोहमद सलाहले गरे लिभरपुलमा आफ्नो सम्झौता नवीकरण

kharibot

काठमाडौँ । इजिप्टका फुटबलर मोहमद सलाहले लिभरपुलमा आफ्नो सम्झौता नवीकरण गरेका छन् । 

विश्वकपबाट बाहिरिएपछि हाल छुट्टि मनाइरहेका सलाहले लिभरपुलमा अर्को ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेको क्लबले जनाएको छ ।

एक बर्ष अघि इटालियन क्लब एएस रोमाबाट लिभरपुलमा आएका सलाहलाई प्रतिसाता २ लाख पाउण्ड पारिश्रमिक दिने गरि सम्झौता नवीकरणगरेको डेली मेलले उल्लेख गरेको छ । यस अघि सलाहले एक लाख पाउण्ड प्रतिसाता पारिश्रमिक पाउने गर्दथे ।

यस सिजनमा लिभरपुलका लागि कुल ५२ खेलमा ४४ गोल गरेका सलाहले लिभरपुललाई यस सिजनको च्याम्पियन्स लिग फाइनलसम्म पुर्याएका थिए । प्रिमियर लिगमा यस सिजनमा सबैभन्दा धेरै गोल ३२ गोल गरेका सलाह प्रिमियर लिगका बर्ष खेलाडी समेत बनेका थिए । उनले प्रिमियर लिगमा यस सिजनको गोल्डेन बुट पनि जितेका थिए । 

विश्वकपमा इन्जुरिका कारण पहिलो खेलमा खेल्न नसके पनि पछिल्लो दुई खेलमा इजिप्ट हारेपनि सलाहले २ गोल गरेका थिए ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै