• २०८१ बैशाख ८ शनिबार

बैंक तथा फाईनान्सहरुलाई राष्ट्र बैंकको ११ करोड १५ लाखको लगानी अफर

kharibot

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले ११ करोड १५ लाख रुपैयाँ निक्षेप लगानीको अफर गरेको छ । 

एक बर्षिय अर्थात तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा यही साउन एक गतेदेखि २०७६ असार ३१ गतेसम्म रकम लगानी गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकका अनुसार प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी बुधबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ ।

लगानीको लागि छुट्याएको कुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि आठ करोड ९३ लाख, बिकास बैंकहरुको लागि एक करोड ६६ लाख र फाईनान्स कम्पनीहरुको लागि ५६ लाख रुपैयाँ छ्याईएको छ । उक्त निक्षेप लगानीमा त्रैमासिकरुपमा व्याजदर भुक्तानी दिनु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

रकम लगानीका लागि प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्थाहरुको लागि सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा-स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै