• २०८१ बैशाख १३ बिहीबार

संजय दत्तको जीवनीमा आधारित फिल्म ‘संजु’ ले रिलिजको तेस्रो दिन सय करोड क्लबमा 

kharibot

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुले रिलिजको तेस्रो दिन सय करोडको आँकडा पार गरेको छ । 

फिल्म संजुले रिलिजको तेस्रो दिन ४४ करोडको व्यापार गर्दै कुल ११७ करोडको व्यापार गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ३४.७५ करोड व्यापार गरेको थियो भने दोस्रो दिन ३८.६० करोड व्यापार गरेको थियो ।    

भारतीय मिडियाका अनुसार फिल्मले यसै किसिमले आक्रामक व्यापार गरे छिट्टै २ सय करोड क्लबमा पुग्ने बताइएको छ ।  

फिल्ममा संजय दत्तको भूमिकामा रणवीर कपुर छन् भने सजंय दत्तकि हालकी पत्नीको भूमिकामा दिया मिर्जा, उनका माता पिताको भूमीकामा परवेश रावल र मनिषा कोइरालाको भूमिका रहेको छ । त्यस्तै उनका अति मिल्ने साथी गुलशन ग्रोभरको भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । त्यस्तै फिल्ममा अनुष्का शर्मा, सोनम कपुरको पनि अभिनय रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै