• २०८१ बैशाख १२ बुधबार

विश्वकप फुटबलको फाइनलमा अब नयाँ टिम पुग्ने, कुन कुन देशको छ सम्भावना ?

kharibot

काठमाडौँ  । विश्वकप फुटबलको फाइनलमा अब नयाँ टिम पुग्ने भएका छन् । 

अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएपछि अब विश्वकपको फाइनलमा पुग्ने एक देश कोलोम्बिया, इङल्याण्ड, स्विडेन, रसिया, क्रोसिया र स्विटजरल्याण्ड मध्ये एक हुने भएको छ ।

जसमा इङल्याण्डले सन् १९६६ को विश्वकप जितेको छ भने अन्य टिमले अहिलेसम्म विश्वकप जितेका छैनन् ।

यी देशले अब अन्तिम १६ को खेलमा स्विडेनले स्विटजरल्याण्डसँग, इङल्याण्डले कोलोम्बियासँग खेल्न बाँकि छ । जबकी रसिया र क्रोसिया क्वाटरफाइनलमा पुगिसकेका छन् भने उनीहरु क्वाटरफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । 

त्यस्तै अर्को तिर उरुग्वे र फ्रान्स क्वाटरफाइनलमा पुगिसकेका छन् भने उनिहारी सेमिफाइनलमा पुग्नका लागि एक अर्का विरुद्ध खेल्दै छन् । त्यस्तै ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम पनि क्वाटरफाइनलमा पुग्न एक अर्का विरुद्ध खेल्दै छन् । 

यसरी हेर्दा अब विश्वकपको फाइनलमा उरुग्वे, फ्रान्स, ब्राजिल, मेक्सिको, जापान र बेल्जियमबाट एक देश फाइनलमा पुग्ने छ भने कोलोम्बिया, इङल्याण्ड, स्विडेन, रसिया, क्रोसिया र स्विटजरल्याण्ड मध्येबाट एक देश फाइनलमा पुग्ने भएको छ ।
 
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै