• २०८१ बैशाख १४ शुक्रबार

अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

kharibot

काठमाडौँ ।  पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । 

यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका अध्यक्ष प्रचण्ड पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन् । ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

चिकित्सकको सुझावअनुसार सीताको थप उपचारका लागि सिंगापुर गएकी हुन् । चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमा सीताको उपचार गराउन सुझाव दिएका थिए ।

अध्यक्ष प्रचण्डलाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै