• २०८१ बैशाख १३ बिहीबार

बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ 

kharibot

बर्दिया। बर्दियामा १२ जना सुनचाँदी पसलका सञ्चालकहरुलाई कालो बजारी र ठगि गरेको आरोपमा पक्राउ गरिएको छ । 

उपभोक्ताहरुको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा ८ प्रतिशत सम्म मिसावट भएको पाईएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

अनुगमनका क्रममा लिइएको गहना गुणस्तर तथा नाप तौल विभाग काठमाण्डौंमा परिक्षण गर्दा गहनामा ८ प्रतिशत सम्म सुनमा अन्य धातु मिसाईएको पाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । 

१२ जना व्यापारीलाई शनिबार साँझ पक्राउ गरि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडी बढाएको प्रमुख जिल्ला अधिकारी मुरुम्बाङ्गले जानकारी गराए । 

पक्राउ पर्ने गुलरिया नगरपालिकामा न्यु स्याङ्जा गण्डकी सुनचाँडी पसलका विजयलक्ष्मी सुनार र संतोषी सोनी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा, राप्ती लुम्बीनी सुनचाँडी पसलका भिम बहादुर सेन्चुरी छन साथै राजापुर नगरपालिकामा दंङ्गाली सुनचाँदी पसलका कविराम वि.क., लुम्बिनी सुनचाँदी पसलका भगवान कुमार सोनी र फुलाराम ज्वयलर्सका परशुराम सुनार र निम प्रकाश सुनार रहेका छन् । 

त्यसैगरी बाँसगढी नगरपालिकामा गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मा, मोडेल सुनचाँदी पसलका इन्द्रकुमार सुनार, सिता सुनचाँदी पसलका सिता सुनार, पोखरा सुनचाँदी पसलका त्रिभुवन सुवर्णकार, पर्वत मनिसा सुनचाँदी पसलका शिवबहादुर सुनार र स्याङ्जा सुनचाँदी पसलका संगिता सुनार पक्राउ परेका छन् । 

सुन पसल सञ्चालकहरुलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरगत कारवाही हुने र सजाय  अन्तरगत ९ महिना कैद वा दुई लाख सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यबस्था रहेको प्रहरीले बताएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै