• २०८१ बैशाख १३ बिहीबार

प्रधानसेनापतिद्वारा किर्तिमानी पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई सम्मान

kharibot

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको रेप्लिका र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुरयाउन सफल भएका पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गरेका हुन् ।  

साथै, उक्त कार्यक्रममा पर्वतारोही शेर्पाले प्रधानसेनपाति क्षत्रीलाई सर्वोच्च शिखर सगरमाथामा पुरयाएको श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको च्भउष्अिब र नेपाली सेनाको झण्डा सहित आरोहण गरेको तस्वीर हस्तान्तरण गरेका थिए । 

प्रधानसेनापति क्षत्रीले जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा पर्वतारोही शेर्पालाई नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको रेप्लिका र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुरयाउने कार्यका लागि हस्तान्तरण गरेका थिए । 

उक्त सम्मान कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै