• २०८१ बैशाख ८ शनिबार

चाडपर्वमा बजार अनुगमन प्रभावकारी होला ? 

kharibot

तस्बिर : खरीबोट

काठमाडौँ । नियमित रुपमा बजार अनुगमन गर्दै आएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भदौ १५ गते गरेको बजार अनुगमनका क्रममा नौ वटा खाद्य किरानामा गरेको अनुगमनले विभिन्न कैफियतहरु देखायो ।

त्यस अन्तर्गत लेवल नभएका सामानहरु विक्री वितरण, मूल्य सूचि नभएका तथा अपडेट नभएकोम्याद नाघेका, नापतौल प्रमाणिकरण नभएका खाद्य तथा खाद्यन्न वस्तुहरु भेटिए । किराना पसलदेखि हाल बढि प्रचलनमा आएको मार्टहरुमा यस्तो अवस्था देखियो । यसले के प्रमाणित गर्छ भने आम उपभोक्ताहरु दैनिक रुपमा ठगिदैँ आएका छन् । जसबाट सरकार तथा सम्बन्धीत निकाय बेखबर छ ।

१५ गते विभागले सुरेश खाद्य स्टोर मिनभवन, न्यू थापा स्टोर नयाँ बानेश्वर, कुँवर स्टोर नयाँ बानेश्वर, सुदुरपश्चिम खाद्य स्टोर, दिपेश पसल, माई मार्ट नयाँ बानेश्वरलगायतका पसलमा अनुगमन गरेको थियो ।

मौसमी बजार अनुगमनबाट काठमाडौं लगयात सबै तिर आम उपभोक्ताहरु दैनिक ठगिएका छन् । व्यापारीहरुले निकै चर्को मूल्यमा सामानहरु बेचेका त छन् नै त्यसको अलवा आमउपभोक्तालाई तौलमा मूल्य फरक पारी र कम गुणस्तरीयका जो म्याद नाघिसकेका खाद्य बस्तुहरु बेचिरहेका छन् ।

सामान्य अवस्थामा भन्दा बढि उपभोग हुने मानिएका चाडपर्वहरु नेपालीहरुको घरदैलोमा आउन लागेका बेला खाद्यन्न तथा अन्य दैनिक उपभोग्य बस्तुहरुको माग झन अधिक हुने निश्चित छ । माग उच्च हुने तर वस्तु कम हुने हुँदा र बढि मुल्यमा बेच्ने नाममा व्यापारीहरुले गर्ने कालोबजारीले उपभोक्ताहरु झनै मर्कामा परेका छन् । यसले गर्दा के सरकारी अनुगमन प्रभावकारी होला भन्ने विषय अहिलेको चासोको विषय बनेको छ ।

जनशक्तिको अभाव भएकोले बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै आएका नियामक निकायहरुको अनुगमन काठमाडौं उपत्यकामा मात्रै बढि केन्द्रीत भएको देखाउँछ । बाहिरी जिल्लामा मूख्य बजारका साथै गाउँका पसलहरुबाट पनि उपभोक्ताहरु ठगिने भए पनि अनुगमनको पाटो त्यहाँसम्म पुग्न सकेको देखिदैँन ।

के गर्दैछन् सरकारी निकाय ?

नेपालीका महान चाडहरु नजिकिदैँ गर्दा सरकारले अनुगमनको कार्यलाई विशेष प्राथमिकता दिएको बताएको छ । मुलुकको खाद्यन्न तथा अन्य उपभोग्य वस्तुहरुको अनुगमन तथा गुणस्तरीयतालाई ध्यान दिदैँ आएका सरकारका दुई संस्था आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको बताएका हुन् ।

  • मिठाई पसलदेखि राजमार्गका होटल-रेस्टुरेन्टसम्मको अनुगमन
  • दशैँ-तिहार-छठमा छ देखि आठ टोलीबाट अनुगमन हुँदै

चाड पर्वको समयमा खाद्यन्नलगायत मिठाइ, मासुजन्य समानहरुको अधिक माग हुने भएकोले मिसावट तथा कम गुणस्तरीय सामाग्रिको व्यापक प्रयोग हुन सक्ने सम्भावना अधिक हुने गर्छ । त्यसलाई रोकी आम उपभोक्तालाई स्वस्थ्य गुणस्तरीय र सहुलीयत मुल्यमै उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरुको उपभोग गर्न पाउने गरी बजार अनुगमनको काम हुने विभागहरुको भनाई छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता लक्ष्मण श्रेष्ठले नियमित रुपमा बजार अनुगमन गरिएको जानकारी दिए । उनले पहिला बजार अनुगमनका लागि तीन टोलीसम्म खटाइएको भन्दै अबका दिनमा चाड पर्वको अवधिभर छ देखि आठ टोलीसम्म बजार अनुगमनका लागि खटाइने जानकारी दिए ।

उनले सुपथ मुल्यका बजारमा अनुगमन भइरहेको बताए । सबै क्षेत्रलाई समेट्ने गरी अनुगमन गरिएको र सोहीअनुसार आगामी दिनमा पनि काम अघि बढाउने उनले बताए । यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले यो वर्ष विशेष कार्यक्रम ल्याउने की नल्याउने भन्ने विषयमा एकिन योजना बनि नसकेको बताए ।

उनले भने, ‘विगत वर्षहरुमा विशेष योजना बनाएर बजार अनुगमन गरिएको थियो, तर अहिले भने यस विषयमा योजना बनिसकेको छैन ।’ खाद्यन्न वस्तु, तेल, मिठाई र खासगरी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टहरुलाई केन्द्रीत गरी यी क्षेत्रमा अनुगमनलाई केन्द्रीत गरिने छ ।

आपूर्ति र गुणस्तरले संयुक्त रुपमा अनुगमन गर्ने की भन्ने विषयमा योजना बनाउने तयारी विभागले गरेको छ । दशैँ तिहारमा राजधानीबाट तथा अन्य स्थानबाट पनि यात्रुहरु आफ्नो जन्मथलोमा जाने भएकोले राजमार्गहरुमा उपलब्ध हुने बस्तुहरुको गुणस्तरीयताका साथसाथै मूल्यका विषयमा पनि आपूर्ति विभागले अनुगमन गर्ने छ ।

राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाना तथा अन्य खाद्यन्नहरु पनि दुषित हुने, न्युन गुणस्तरको हुने पाइए पछि वार्षिक रुपमा विभागले राजमार्गमा पनि अनुगमनलाई केन्द्रीत गर्र्दै आएको छ ।
त्यसो त, कम जनशक्ति हुँदा अनुगमन भने देखाउने दाँत मात्रै बन्ने गरेको छ । राजमार्गका होटल तथा रेस्टुरेन्टलाई स्तरोन्नती गरी हरियो रङको स्टीकर प्रयोग गरीएकामा मात्रै खाना खान उपयोग हुने भन्दै विभागले आमजनतामा सूचना सम्प्रेषण गरे पनि त्यसको अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।
यता, प्रत्यक्ष रुपमा आम उपभोक्तासँग जोडिएको खाद्यन्न तथा अन्य दैनिक उपभोग्य बस्तुहरुको परिक्षण तथा अनुगमन हुन नसक्दा पनि आम उपभोक्ताहरुले अझै पनि गुणस्तरी वस्तुहरुको उपयोग गर्ने वातावरण पनि अझै बन्न सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै