• २०८१ बैशाख ६ बिहीबार

सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु

kharibot

सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै आजदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ । 

सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ चढेर सुर्खेत–हुम्ला यातायातको उद्घाटन गरे । मुख्यमन्त्री शाही र पर्यटनमन्त्री नन्दसिंह बुढासहित ११ यात्रु आज बिहान १० बजे सीधा उडानमा हुम्ला पुगेका थिए  । 

हुम्ला पुगेर सुर्खेत फर्केका मुख्यमन्त्री शाहीले राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका सबै जिल्ला जोड्ने पहल प्रदेश सरकारले गरिरहेको बताए । “सुर्खेत–डोल्पा फ्लाइट पनि आजै गर्ने भनेका थियौँ, मौसम खराबीका कारण हुन सकेन,” मुख्यमन्त्री शाहीले भने । कर्णालीवासीको सहजताका लागि राजधानीबाट सीधा हवाई यातायात सेवा दिने योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो । 

विमानस्थल सुर्खेतका प्रमुख विनोद पन्तले यात्रुको निरन्तरता भए जहाजका समस्या नहुने बताउँदै निर्धारित भाडादर जहाजअनुसार फरक रहे पनि सरकारले निर्धारण गरेको विभिन्न जिल्लाका भाडादर करीब रु पाँचदेखि छ हजार रहेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै