• २०८१ बैशाख १२ बुधबार

ग्लोबल टि-२० लिग खेल्न सन्दीप आज क्यानडा जादै, पहिलो खेल गुमाउने 

kharibot

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामीछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने ढिलो गरि पुग्ने भएका छन् ।

गएरातीबाट सुरु भएको ग्लोबल टि-२० लिगका लागि क्यानडा जान सन्दीपको भिसा प्रक्रियाले गर्दा ढिलो भएको बुझिएको छ । सन्दीप सबै प्रक्रिया मिलेकाले आजै राति भारतको नयाँ दिल्लीबाट क्यानडा जाने भएका हुन् ।

नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन सिवाकोटीले सबै प्राविधिक विषय मिलेको र सन्दीप मोन्टेरियल टाइगरको दोस्रो खेलका लागि उपलब्ध हुने जानकारी दिएका छन् । मोन्टेरियल टाइगरले पहिलो खेल आज राति विनिंगपेग ह्वाकसँग खेल्दै छ ।  

सन्दीपले खेल्ने टीममा लातिस मालिंगा, सुनिल नारायण, तिसरा परेरा, मोहमद हाफिज, दिनेस रामदिन, सिकन्दर राजा जस्ता खेलाडी रहेका छन् ।

कुल ६ टिम रहेको यस ग्लोबल लिग क्यानडास्थित टोरोन्टोको मप्ले लिफ क्रिकेट क्लबमा जुन २८ देखि सुरु भएको छ भने यो प्रतियोगिता जुलाई १५ सम्म हुने छ ।

यस पछि सन्दीपले अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमासेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट पनि खेल्दैछन् । सो टिमको कप्तान क्रिस गेल रहेका छन् ।

सन्दीप आगामी जुलाई १७ मा नेपाल फर्किने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै