• २०८१ बैशाख १३ बिहीबार

सुनीता दनुवारलाई अमेरिकाको सम्मान 

kharibot

वाशिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पलेले नेपालकी सुनीता दनुवार लगायत विश्व्भरका १० व्यक्तिहरूलाई टिप हिरो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेका छन् । 

अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ का “टिप हिरो” हरूलाई सम्मानित गर्ने क्रममा दुनुवारलाई पनि सम्मानित गरेको हो । 

मानव बेचबिखनविरुद्धको सङ्घलर्षमा आफ्नो जीवन समर्पित गरेका असाधारण व्यक्तिहरूको काम र उपलब्धिलाई उक्त सम्मानद्वारा कदर गरिने काठमाडौँ स्थित अमेरिकी राजदुतावा ले जनाएको छ । 

नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि सुनीता दनुवारलाई सम्मानित गरिएको उल्लेख गरिएको छ । दुनुवार मानव बेचबिखनविरुद्ध सक्रिय गैसस शक्ति समूहकी सह-संस्थापक तथा कार्यकारी निर्देशक हुन् । यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दछ ।

गम्भीर चुनौतीका बाबजुद पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखन बारे चेतना बढाउने दिशामा सुनीता दनुवारले आफ्नो अथक प्रयास जारी राख्ने विस्वास लिएको अमेरिकी दूतावासले उल्लेख गरेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै