• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखि क्याम्पसबीच सम्झौता

kharibot

पोखरा । मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस पोखराबीच मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए/विविएस/एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय भएको छ । 

जसवाट शैक्षिक वेरोजगारीको उचित र सहि व्यवस्थापनगर्न सकिनेमा दुवै पक्ष विश्वस्त रहेकाछन् । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक वावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुखश् विरन्जी गौतमवाट हस्ताक्षर भएको छ ।                      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै