• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुटपाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुटपाउने व्यवस्था गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै