• २०८१ बैशाख १२ बुधबार

आकाश र आँचलको फिल्म ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक  

kharibot

काठमाडौँ । फिल्म  ‘ब्ल्याक’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । 

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

यी दुईको प्रेममा अभिनेता आयुष रिजाल तगारो बनेका छन् । एक्सन र प्रेम मिश्रित ट्रेलरमा आकाशका प्रेमिल संवाद बढी हाबी छन् । प्रदिप श्रेष्ठ निर्देशित यसमा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल पनि लिड रोलमा छन् । 


फिल्मको यस अघि सार्वजनिक गित पल पल हर पललाई दर्शकले अत्यन्त मन पराएका छन् । 

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको र छायांकन रामशरण उप्रेतीले गरेका छन् ।

फिल्म आगामी भाद्र १ गते रिलिज गरिने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै