• २०८१ बैशाख १२ बुधबार

अवैध पेस्तोल बरामद

kharibot

जाजरकोट । प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ । 

घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनारको घरमा खानतलासी लिँदा एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुनारलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दामा सात दिन म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै