• २०८१ बैशाख १२ बुधबार

मेडिसिटी अस्पतालमा चुडिएको औंला १० घण्टामा जोडियो 

kharibot

काठमाडौँ । प्रविधिको विकास भएर नयाँ  प्रविधि भित्रिदा त्यहि अनुसारको प्रशिक्षण प्राप्त नहुनुले चोटपटक लाग्ने र सामान्य दुर्घटना भइरहने औद्योगिक क्षेत्रका अधिकांश मानिसको अनुभव छ । प्रशिक्षण प्राप्त भएतापनि त्यससंग घुलमिल हुन र काम गर्न केहि समय लाग्नु स्वभाविक हो । दुर्घटना हुनासाथै अस्पताल पुर्याएको खण्डमा रिप्लान्ट पद्धती अपनाएर साधारणमा फर्कन सक्ने यो रिप्लान्टका माध्यमबाट धेरै मानिस लाभान्वित हुन सक्नेछन् ।

असार ६ गते पाटन औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगमा काम गर्ने क्रममा ललितपुरका एक स्थानियवासीको औंला चुडियो ।  बिहान ९ बजेको हाराहारीमा भएको दुर्घटनाको करिब ५ घण्टा पछाडि बिरामीलाई नेपाल मेडिसिटी पुर्याइएको थियो । भैसेपाटिमा अवस्थित अस्पतालमा सोहि दिन दिउसो ३:३० बजे शल्यक्रिया शुरु भयो र रिप्लान्ट सम्भव हुन पुग्यो ।

डा. संगम रायमाझि र डा.ज्योति रायमाझिको नेतृत्वमा गरिएको शल्यक्रिया झण्डै ४ घण्टा जारी रह्यो । दाँया हातको मेटाकर्पल जोर्नीमा मुख्य असर परेको बिरामीको सफल रिप्लान्ट पश्चात थप दुइ शल्यक्रिया र फिजियो थेरापी आवश्यक रहने डा. रायमाझिले बताउनुभएको छ । केहि महिनामै हातले साविककै ढंगमा काम गर्न सक्ने चिकित्सकले बताउनु भएको छ ।

मेडिसिटीमा आइपुग्दा सम्म ५ घण्टा ढिला भइसकेता पनि सफल उपचार सम्भव भएकोमा चिकित्सक रायमाझिले औद्योगिक क्षेत्रमा हुनसक्ने दुर्घटनामा घाइते भएकाहरुलाई रिप्लान्ट गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

त्यस्तै, बिरामीका आफन्तहरुले मेडिसिटी अस्पतालमा अन्य अस्पतालबाट राम्रो सेवा छ भनी रिफर गरेकोले आफूहरु आएको बताएका छन् । अन्ततः औला जोडिएकोमा बिरामी पक्षले खुशी व्यक्त गर्दै आगामी दिनमा आवश्यक पर्ने थप उपचार पनि सफल हुने आशा राखेका छन् ।

भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । पूर्णकालीन  चिकित्सकहरु रहेको अस्पतालमा ७५० सैयाका लागि पुग्ने पूर्वाधारहरु रहेका छन् । 

विरामीलाई शान्त र सौहार्दपूर्ण वातावरण उपलब्ध हुन सके उपचार सजिलै सम्भव हुने विश्वासका साथ अस्पतालले सोहि अनुरुपको सेवा प्रदान गर्दै आएको छ । हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गदै आएको र गर्दै जाने अस्पतालको लक्ष्य छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै