• २०८१ बैशाख ७ शुक्रबार

बाणिज्य बैंकहरुलाई ओभरड्राफ्ट ऋण घटाउन दबाब, ओभरड्राफटमा मात्र चार खर्ब आठ अर्ब कर्जा

kharibot

काठमाडौं । बाणिज्य बैकहरुलाई ओभर ड्राफ्ट कर्जा घटाउन दवाव परेको छ । 

चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले ओभर ड्राफ्ट शिर्षकमा मात्र चार खर्ब आठ अर्ब १२ करोड २३ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा राष्ट्र बैंकले मौंद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत ओभर ड्राफ्ट कर्जालाई कुल कर्जाको १५ प्रतिसतमा सिमित राख्न निर्देशन दिएको थियो । सोही कारण पनि अहिले बैंक तथा फाईनान्स कम्पनीहरुलाई ओभरड्राफ्ट कर्जा घटाउन दवाव परेको हो । 

अहिले बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको ओभरड्राफट कर्जा राष्ट्र बैंकले तोकेको सिमा भन्दा बढी रहेको छ । राष्ट्र बैंकले २०७५ मसान्तसम्म यस्तो कर्जालाई १५ प्रतिसतमा सिमित राख्नु पर्ने भएपछि अहिले बैंकहरु कर्जा घटाउनको लागि दवावमा परेका हुन् । 

राष्ट्र बैंकका अनुसार चालु आवको बैशाख मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा २८ वटा बाँणिज्य बैक, ३४ वटा फाईनान्स कम्पनी र २५ वटा फाईनान्स कम्पनीहरुको कुल निक्षेप २६ खर्ब २७ अर्ब ९८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । यस अबधिको कुल कर्जा प्रवाह भने २३ खर्ब ३० अर्ब ४९ करोड ७१ लाख ६० हजार रुपैयाँ रहेको छ । 

उक्त कर्जा मध्येमा बाँणिज्य बैकहरुको मात्र निक्षेप तथा कर्जा क्रमश २३ खर्ब नौ अर्ब ३२ करोड र २० खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँको हाराहारीमा रहेको छ । सो मध्ये बाँणिज्य बैकहरुले ओभरड्राफट शिर्षकमा तीन खर्ब ५१ अर्ब ५५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । 

बिकास बैंकहरुले चालु आवको बैशाखसम्म दुई खर्ब ६० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ३७ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।  सो मध्ये ओभरड्राफट शिर्षकममा प्रवाह भएको कर्जा रकम ५६ अर्ब ५६ करोड ९४ लाख ८० हजार रुपैयाँ रहेको छ । 

यसैगरी फाईनान्स कम्पनीहरुले पनि चालु आवको बैंशाखसम्म ५८ अर्ब १५ करोड आठ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९० करोड १७ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा ओभर ड्राफ्ट कर्जा शुन्य रहेको छ ।  

बैंक तथा फाईनान्स कम्पनीहरु प्रवाह गरेको ओभरड्राफ्ट कर्जा (रकम रु १० लाखमा) 

बिवरण        बाँणिज्य बैक        बिकास बैक        फाईनान्स        कुल
निक्षेप रकम    २३०९३२५.४०        २६०५०८            ५८१५०.८५        २६२७९८४.२५
कर्जा रकम    २०३७६१६.६७        २३७९७८..७८        ५४९०१            २३३०४९७.८६
ओभरड्राफ्ट    ३५१५२२.८९        ५६५६९.४८                ०                ४०८१२२.३७
 

(श्रोत नेपाल राष्ट्र बैंक )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै