• २०८१ बैशाख ७ शुक्रबार

कृषि विकास बैंकको आइएस अडिटका लागि सम्झौता

kharibot

काठमाडौँ । कृषि विकास बैंक र रीण्डा बिज सर्भिसबिच कृषि विकास बैंक लि., मुख्य कार्यालय, काठमाडौंमा कृषि विकास बैंक लि.ले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा लेखापरिक्षण गर्नका लागि सम्झौता भएको छ । 

उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट सामान्य सेवा विभागका विभागिय प्रमुख दिर्घ बहादुर अर्याल र  रीण्डा बिज सर्भिसको तर्फबाट म्यानिजीङ पार्टनर भरत रिजालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कृषि विकास बैंक लि.को हाल प्रयोगमा रहेको सिबिएस लगायत समग्र सूचना प्रविधिको जांचबुझ, थपसुरक्षाका लागि बैंकले अपनाउनु पर्ने सावधानी र भविष्यमा थप सुरक्षीत एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने भएको छ  । 

उक्त अवसरमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृति लिला प्रकाश सिटौला,  कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्णप्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, बैंकका प्रबक्ता हिमलाल पौडेल, सामान्य सेवा विभागका शाखा प्रमुख रमेश गीरी, अहिल्या अमात्य  र शा.अ.तारा न्यौपाने समेतको उपस्थिती थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै