• २०८१ बैशाख ७ शुक्रबार

अपर तामाकोशी हाईड्रोको एक अर्ब पाँच करोडको साधारण सेयर असार २४ मा 

kharibot

काठमाडौं । अपर तामाकोशी हाईड्रो पावर कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । 

सर्वसाधारणको लागि कुल दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने घोषणा गरेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयवासीहरुको लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रर्वन्धक नागरिक लगानी कोष र सह—बिक्री प्रर्वन्धक सनराईज क्यापिटल मार्फत यही असार २४ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य आगामी साउन नौ गतेसम्म कायम रहने छ । आयोजना प्रभावित क्षेत्रका जनताले न्युनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । 

स्थानपनाकालमा अधिकृत पुंजी ५० करोड तथा जारी पुंजी ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुंजी भने १२ करोड ५० लाख रुपैयाँ रहेका थियो । हाल भने अधिकृत पुंजी ११ अर्ब तथा जारी पुंजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुंजी सात अर्ब ९४ करोड २४ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका जनता तथा अन्य सर्वसाधारणको लागि समेत छुट्याइएको सेयर बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ । 

कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणको लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने छ । साधारण लगानीकर्ताहरुले भने न्युनतम ५० देखि अधिकतम पाँच सय कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । तर यसको लागि भने पहिलो चरणको सेरयर बिक्री गरेको केही समयपछि मात्र बिक्री खुल्ला गर्ने कम्पनीको योजना रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै