• २०८१ बैशाख १३ बिहीबार

समुह ए बाट उरुग्वे पहिलो र रसिया दोस्रो स्थानमा, साउदीको सान्त्वना जित 

kharibot

काठमाडौँ । विश्वकपमा समुह ए बाट उरुग्वे पहिलो हुदै दोस्रो चरणमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा उरुग्वेले आयोजक रसियालाई ३-० ले पराजित गर्दै समुह ए मा प्रथम भएको हो ।

उरुग्वेको जितमा लुइस स्वरेज र एडिन्सन कभानीले एक-एक गोल गरेका थिए भने एक गोल रसियाका डेनिस चेरिशेभले आत्मघाती गोल गरेका थिए । 

उरुग्वेले समुह चरणका ३ खेल जितेर ९ अंक सहित दोस्रो चरणमा प्रवेश गरेको हो । त्यस्तै रसियाले ३ खेलमा २ मा जित र एक हार सहित ६ अंक सहित समुहमा दोस्रो हुदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस समुहबाट यस अघि नै बाहिरिइसकेको साउदी अरेबियाले आफ्नो अन्तिम खेलमा इजिप्टलाई २-१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सान्त्वना जित हासिल गरेको छ ।

अब अन्तिम १६ को खेलमा उरुग्वेले पोर्चुगलको सामना गर्ने भएको छ भने रसियाले स्पेनको सामना गर्ने भएको छ । उरुग्वे र पोर्चुगलको खेल आगामी शनिबार राति ११:४५ बजे हुदै छ भने स्पेन र रसियाको खेल आगामी आइतबार ७:४५ मिनेटमा हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै