• २०८१ बैशाख ८ शनिबार

इजिप्टका गोलकिपरले ४५ बर्षमा विश्वकप खेलेर बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । इजिप्टका गोल किपर एसाम एल हादरीले विश्वकपमा नयाँ रेकर्ड बनाएका छन् ।

हादरीले विश्वकपमा अहिलेसम्म विश्वकप खेल्ने सबैभन्दा धेरै उमेरको खेलाडीको रेकर्ड बनाएका छन् । विश्वकपको समुह चरणको तेस्रो चरणको खेलमा साउदी अरबका लागि प्लेइङ ११ मा परेसँगै हादरीले सो रेकर्ड बनाएका हुन् । हादरी ४५ बर्ष १६१ दिनको हुदा विश्वकप खेलेर यो रेकर्ड बनाएका छन् ।

यसअघि यो रेकर्ड कोलम्बियाका खेलाडी फार्यड मोनड्रागनको नाममा रहेको थियो । उनले २०१४ को विश्वकपमा जापानविरुद्ध ८५औ मिनेटमा मैदानमा प्रवेश गर्दै ४३ बर्ष ३ दिनका दिन विश्वकप खेलेर विश्वकपको इतिहासमा सबै भन्दा बढी उमेरमा खेल्ने खेलाडीको रेकर्ड बनाएका थिए । 

सन् १९९६ मा राष्ट्रिय टिममा देभ्यु गरेका हदारीले इजिप्टको राष्ट्रिय टिमका लागि १५२ खेल खेलिसकेका छन् । हदारी हाल विश्वकपमा सहभागी तीन म्यानेजर भन्दा जेठा छन् ।

उनी बेल्जियमका प्रशिक्षक रहेका रोबर्टो मार्टिनेजभन्दा १७९ दिनले, सर्बियाका म्यानेजर मलाडेन करस्टाजीकभन्दा ४१३ दिनले र सेनेगलका म्यानेजर अलिओउ सिसेभन्दा ११६४ दिनले जेठा रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै