सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

खरीबोट

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । 

छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् । 

डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । 

आजको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका छन् । 

सम्बन्धित समाचार

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।  विहिबार लागि  सूचना टाँसेर साउन ११ गते १ बजेसम्मका लागि स्थगित भएको हो । संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको

काँग्रेसको अवरोधपछि संसद बैठक साउन ३ गतेसम्मको लागि स्थगित 

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।  बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर

काँग्रेसको आजपनि संसद अवरुद्ध, नेकपाले भन्यो केही सांसद उभिदैंमा संसद अवरुद्ध हुनुहुदैन 

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ ।  प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले आ-आफ्नो ठाउमा उठेर विरोध गरेका थिए  । काँग्रेसका सांसद

साधारण व्यक्तिलाई प्रधानमन्त्रीले आफ्नो ताकत देखाउने बेला भएको छैन – प्रदीप गिरी 

काठमाडौ । नेपाली काँग्रेसका सांसद तथा राजनीतिक चिन्तक प्रदीप गिरीले व्यक्तिको स्वतन्त्रता प्रधानमन्त्रीको जत्तिकै बराबरी हुने बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुल प्रसाद