एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा झापाको कचनकवलमा संचालन अग्रेको छ ।

झापामा स्थापना गरेको कचनकवल शाखाको एक समारोहका बिच प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमज्यूबाट विधिवत् समुद्घाटन गरेका छन् ।

बैंकले हाल गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रू १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४९ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ भने बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
     
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकले गर्यो बैंकास्योरेन्स सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।  यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स

एनआईसी एशिया बैंकले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।   यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहक महानुभावज्यूहरुले निम्न सेवाहरु मिस्ड

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा  

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधौ र पन्ध्रौ शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ ।  बैंकले

एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरस्थित पुनर्वासमा 

काठमाडौँ ।  एनआईसी एशिया बैंकको कञ्चनपुरस्थित पुनर्वास शाखाको एक समारोहका बिच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाबाट समुद्घाटन भएको छ ।  बैंकले मुलुक भर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा