आर्यन र साम्राज्ञी अभिनित ‘कायरा’ को ट्रेलर सार्वजनिक 

खरीबोट

काठमाडौँ । नेपाली फिल्मका चकलेटी नायक आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । 

आगामी साउन १८ गते रिलिज गरिने यस फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । अभिनेता आर्यन स्वयमले निर्माण गरेको यस फिल्ममा पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो बढी रहेको छ । 

अभिनेता सिग्देलले 'कायरा' म्यूजिकल लभस्टोरी कथामा निर्माण भएको बताए । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, 'फिल्म क्षेत्रमा १५ वर्षभन्दा बढी विताइसकेँ । लभस्टोरी फिल्मको पारखी भएर म यहाँसम्म आइपुगेको हुँ । 'कायरा' पनि लभस्टोरी फिल्म नै हो । यो अन्य फिल्मभन्दा भिन्न तरिकाले बनेको छ ।' 

अभिनेत्री साम्राज्ञी कथावस्तुका कारण आफू फिल्म गर्न राजी भएको बताउँछिन् । 'कायरा' का निर्देशक लक्ष्मण रिजाल हुन् । निर्देशक रिजाल आफूले उत्कृष्ट लभस्टोरी फिल्म बनाउन कुनै कसर बाँकी नराखेको र फिल्मले दर्शकलाई निराश नबनाउने ठोकुवा गरे । 

उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । 
 

सम्बन्धित समाचार

‘कायरा’ को पहिलो गीत सार्वजनिक, आर्यन र साम्राज्ञीको गज्जबको केमेस्ट्री 

काठमाडौँ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ ।  दुई हप्ताअघि रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले

आर्यन र साम्राज्ञी अभिनित ‘कायरा’ को ट्रेलर सार्वजनिक 

काठमाडौँ । नेपाली फिल्मका चकलेटी नायक आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।  आगामी साउन १८ गते रिलिज गरिने यस फिल्मको