• २०८१ बैशाख ८ शनिबार

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिलाई जानकारी

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन् । 

प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । 

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा गएकोमा भ्रमण सम्पन्न गरी आइतबारै स्वदेश फिर्ता भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै