• २०८१ बैशाख ७ शुक्रबार

पोल्याण्डको विश्वकप यात्रा टुंगियो, कोलोम्बियाको सम्भावना कायमै 

kharibot

काठमाडौँ । पोल्याण्ड विश्वकपबाट बाहिरिएको छ  ।  

गएराती भएको भएको खेलमा कोलोम्बियासँग ३-० ले पराजित भएपछि पोल्याण्डको विश्वकप यात्रा टुंगिएको हो  । 

पहिलो खेल सेनेगलसँग हारेको पोल्याण्डले लगातार दोस्रो खेल पनि गुमाएको हो  ।  अब विश्वकपको अन्तिम खेल जापानसँग खेल्ने छ  । 

कोलोम्बियाको जितमा यारी मिना, रडामेल फल्काओ र जुआन कुआड्राडोले गरेका थिए ।  कोलोम्बियाको तीन गोलमा दुइ गोल जेम्स रोड्रीगेजले असिस्ट गरेका थिए ।

पहिलो खेलमा जापानसँग हार बेहोरेको कोलोम्बीयाले दोस्रो खेलमा पोल्याण्डलाई हराउदै आफ्नो विश्वकप यात्रा जिवितै राखेको छ  ।  अब आफ्नो अन्तिम खेलमा सेनेगलसँग जित निकाल्न सके कोलोम्बिया दोस्रो चरणमा पुग्ने छ  ।  त्यस्तै पोल्याण्डको भने विश्वकप यात्रा टुंगिएको छ  । 

साथै समुह चरणका दुइ खेल सकिदा पोल्याण्ड विश्वकपबाट बाहिरिने पहिलो युरोपियन देश बनेको छ  । भने यस खेलमा गोल गरेका राडामेल फल्काओले कोलोम्बियाका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका छन्  ।  उनले कोलोम्बी काल आगी ३०औ गोल गरेका छन्  ।   
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै