• २०८१ बैशाख ८ शनिबार

समुह एचमा जापान र सेनेगल बराबरीमा, दोस्रो चरणमा जाने दुवैको सम्भावना 

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जापान र सेनेगल बराबरीमा रोकिएका छन् ।

गएराती भएको खेलमा दुवै देश २-२ गोलको बराबरीमा रोकिएपछि १-१ अंक बाडेका छन् भने दुवैको दोस्रो चरणमा जाने सम्भावना कायमै रहेको छ ।

पहिलो हाफमा १-१ गोलको बराबरीमा रहेका दुवै देश दोस्रो हाफमा पनि एक एक गोल गरेका थिए । 

सेनेगलका लागि साडियो माने र मोउसा वागले गोल गरेका थिए । १९ बर्षिय मोउसा विश्वकपमा गोल गर्ने युवा अफ्रिकी खेलाडी पनि बनेका छन् । त्यस्तै जापानका लागि केइसुके होण्डा र ताकासी इनुईले गोल गरेका थिए ।

यस समुहमा जापान र सेनेगलको ४-४ अंक रहेको छ भने अब दुवै आफ्नो अन्तिम खेल जापानले पोल्याण्डसँग र सेनेगलले कोलोम्बियासँग खेल्ने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै