• २०८१ बैशाख ७ शुक्रबार

एशियन खेलको लागि फुटबल टिमको छनौट, को को परे ?

kharibot

काठमाडौँ । इन्डोनेसियामा हुने १८औं एशियन खेलका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै इन्डोनेसिया जाने अन्तिम २० खेलाडी छानेको हो । टोलीको मुख्य प्रशिक्षकमा जापानी प्रशिक्षक ग्याथुकी कोजु र प्रशिक्षकमा बालगोपाल महर्जन छन् । एशियन खेल अन्डर-२३ बर्षको प्रतियोगिता भएकोले यस खेलमा ३ जना खेलाडी मात्र २३ बर्ष भन्दा माथि उमेरकाले खेल्ने पाउने छन् ।

प्रतियोगिता आगामी साउन २९ देखि भदौ १ सम्म हुने छ ।

छनोटमा परेका खेलाडी :

गोलकिपर : किरणकुमार लिम्बु, ऐलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर : गौरव बुढाथोकी, छिरिङ गुरुङ,  अनन्त तामाङ,  आदित्य तामाङ,  कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर : रोहित चन्द, हेमन्त गुरुङ,  हेमन्त थापा मगर, अन्जन विष्ट,  तेज तामाङ,  अभिषेक रिजाल
फरवार्ड : सुनिल वल,  भरत खवास,  सुमन लामा र विमल घर्तिमगर

एशियन खेलकुदको पुरुष तर्फको फुटबलमा एशियाका ३२ देशले भाग लिदै छन् । यस अघिको विजेता दक्षिण कोरिया रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै