• २०८१ बैशाख ८ शनिबार

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन् : राप्रपा सहायक महामन्त्री बर्तौला

kharibot

काठमाडौं । टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् । 

आज पार्टीको  रामेछाप-काठमाडौं सम्पर्क समाजको कार्यक्रममा बोल्दै बर्तौलाले पार्टी फुट्नु ठूलो गल्ती भएको भन्दै अब एक नहुनु अर्को महागल्ती हुने हुदा एकताको बिकल्प नभएको बताए । 

उनले एकीकृत पार्टीको महाधिवेशनको जगमा टेकेर एकता हुने स्पष्ट पारे । हामी बिच कुनै सैद्धान्तिक बैचारिक मतभेद छैन, सानातिना प्राबिधिक कुराको समाधान  खुल्ला छाती र पार्टीको सुदुर भबिश्यलाई केन्द्रमा राखेर मिलाइन्छ । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य लालध्वज लामाले संगठन सुदृढीकरणलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए । 

तीन नम्बर प्रदेशका सांसद रिता माझिको सभापतित्वमा भएको कार्यक्रममा अर्का केन्द्रिय सदस्य एबं प्रबास बिभाग प्रमुख बिजय खड्काले सैधान्तिक र बैचारिक रुपमा प्रतिबद्ध कार्यकर्ताको जमातले मात्र गन्तब्यमा पुगिने भन्दै प्रबासमा रहेका लाखौ परिश्रमी युबाहरुलाई देश निर्माणमा स्वदेश फर्काउनु आबश्यक भएको विचार ब्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै