• २०८१ बैशाख ११ मंगलबार

सप्तरीमा चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

kharibot

फाइल तस्विर । 

राजविराज / सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो । 

यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छिन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै