• २०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधि फलोअप : काठमाडौँ महानगरपालिका वडा नम्बर २, प्रमुख समस्या टुकुचा खोला 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको मझौला वडाको रुपमा  काठमाडौँ महानगरपालि का वडा नम्बर दुई रहेको छ ।  

होटल एभेस्टडोर, सांग्रिला होटलभन्दा तल, टंगाल गणेशको अर्को साइड  ,  राजदरबारको  उत्तर र प्रधानमन्त्री क्वाटरको अपोजिटको भाग वडा नम्बर दुईमा पर्छ  ।  

त्यस्तै सरस्वती मन्दिर, कैलाश  शौर, लाजिम्पाट, खुर्सानीटार, सापोला मार्ग, गैह्धिारा, पण्डोल मार्ग लगाएका ठाउँहरु काठमाडौँमहानगरपालीका वडा नम्बर दुई भित्र पर्दछन् ।    

स्थानीय तहको निर्वाचन पछि काठमाडौँ महानगरको पहिलो बोर्ड बैठकले महानगरभित्र विकास निर्माणको कामलाई निरन्तरता दिन काठमाडौँमहानगरका ३२ वडा वडालाई ठूलो, मझौला र सानो गरेर तीन  क्याटागोरीमा बिभाजन गरेको थियो, जस मध्ये कामपा वडा नम्बर २ मझौला वडामा परेको थियो । 

महानगरको यसै निर्णय अनुसार कामपा २ नम्बर वडालाई  मझौला वडाको रुपमा एक करोड ५० लाख  रुपैयाँ छुटयाएको छ ।  लगभग ५० हजार जनसंख्या रहेको यस वडामा  ५१ सय १९ जना मतदाताहरु रहेका छन् । 

काठमाडौँ महानगरपालीका वडा नम्बर २ का सबै वडा प्रतिनिधिहरु  नेपाल कम्युनिष्ठ पार्टीबाट  बिजयी  भएका थिए । 

काठमाडौँ महानगरपालिका वडा नम्बर  २ मा राजेन्द्र कुमार श्रेष्ठ वडा अध्यक्ष छन् । अन्य वडामा जस्तै यस वडामा पनि धेरै विकास निर्माणका काम सम्पन्न भएका छन् । 
खरीबोटसँग कुरा गर्दे अध्यक्ष श्रेष्ठले स्थानीयको माग अनुसार धेरै विकास निर्माण काम सम्पन्न गरेको बताए । काठमाडौँ महानगरपालिका वडा नम्बर २ मा प्रमुख समस्याको रुपमा टुकुचा खोला भएको अध्यक्ष श्रेष्ठले बताए । 

काठमाडौँ महानगरपालिका वडा नम्बर २ लाई मझौला वडाको रुपमा वार्षिक १ करोड ५० लाख दिएको भएता पनि एक वर्षको अवधिमा ४ करोड खर्च भएको श्रेष्ठले बताए । जुन खर्च केन्द्रबाट ल्याएको उनले बताए । 

घोषण पत्रमा नै समाबेश गरीएको र हरेक वर्ष डुबानमा पर्ने टुकुचा खोला नै प्रमुख समस्या हो । जसले हरेक वर्ष २ सय घर टुकुचा खोलाको डुवानमा पर्ने गरेका छन् । जसमध्ये समग्रमा ४० प्रतीशत काम सकिएको छ भने, बाटो घाटोको काम भने ९५ प्रतिशत सम्पन्न भएको श्रेष्ठको भनाई छ, उनले भने “समग्र विकासको काममा ४० प्रतिशत काम सम्पन्न भएको छ भने सडकको काम भने ९५ प्रतिशत सम्पन्न भएको छ ।”  

यस वडामा अधिकांश ठाउँमा विकासका काम भएका छन् । जसमध्ये अम्बिका गल्लीमा ढलसहित ब्लक, चैत्य मार्गमा ब्लक, शिब गल्ली धोवी चौर, नेपाल गल्लीमा ढल, खुर्सानीटारमा ढलसहित ब्लक, सहमती मार्ग जहाँ ४० वर्षदेखी हिलो भएको ठाउँ पिच हुँदा आम जनता धन्यवाद दिन आएको उनले भने । त्यस्तै गैर्हीधारामा ब्लक,  तल्लो खुर्सानीटारमा ब्लक,  खोला गाउँको ३ ठाउँमा ढलसहित ब्लक बिछ्याउने काम सम्पन्न भएको छम जहाँ ढलको क्षमता वृद्धि समेत गरिएको छ   ।  

त्यस्तै वडा भित्रका बिभिन्न ठाउँ गरेर ३ सय ८० वटा बत्तिसमेत राखिएको छ । त्यसैले त आफु रातमा झिलिमिली र दिनमा धुलोमुक्त लाजिम्पाट बनाउन लागि परेको र वर्षको समयले बत्तिमा केहि समस्या देखिएको भएता पनि अन्य समयमा भने वडा नम्बर २ झिलिमिली भएको छ श्रेष्ठले भने । त्यस्तै हिलो र धुलाको ब्यवस्था गर्न २०७८ सालपछि हिलो कुल्चेर आउँनु होला हजार पुरस्कार लिएर जानु होला भन्ने घोषणा गर्ने लक्ष्यको साथ अगाडी बढेका छौ । यसको मतलव “ हिलो कुल्चने ठाउँ हुदैन् भनेको हो ” उनले भने । वडा नम्बर २ मा हिलो देखेर खबर गर्नेलाई समेत पुरस्कृत गर्ने योजना सिहत अगाडी बढेको उनले बताए ।   मझौला वडा भएकाले काम गर्न सकिने उनले बिश्वास ब्यक्त गरे  । 

वडा नम्बर २ को प्रमुख समस्या टुकुचा खोला भएकाले खोला भन्दा  बाहेकको समस्या समाधान गर्न सहज भएको् उनको भनाई छ ।  खोला नियन्त्रणको लागि बाँसवारीदेखि आउने यस खोलाको समस्या समाधान गर्न मिचिएको खोलालाई ठूलो बनाउनुपर्ने  र त्यसको लागि नेपाल सरकारले पहलमा निकाल्ने कुरा भएकाले त्यसपछि मात्र खोलाले दुख नदिने तथा ढल ब्यवस्थापन समेत गर्नुपर्ने छ उनले भने जसले त्रिपुरेश्वर ,पुललीसडक, बागबजार , खसी बजार  सम्म डुभानमा पर्ने गरेको छ । 

टु्कुचा खोलाको समस्या समाधानको लागि  नारायणहिटि दरबारको छेउमा बाधेँको बाध बाधेको र त्यो जालीले गर्दा २ फिट पानी बग्ने  ४ फिट रोकिने भएको कारणले त्यो जाली निकालेकाले अलि सहज भएको छ उनले भने । त्यस्तै खोला सरसफाई गर्ने र पानी बग्न सहन गर्नाले धोरै भए पनि समस्या समाधान गर्न सहयोग पुगेको छ  ।  

यस खोलाले तल्लो धोबि चोक, तल्लो खुर्सानीटार,  साकुला मार्ग , सरस्वती मन्दिर, लगायतका ठाउँका  ३ सय घरलाई ठूलो समस्या पारेको छ  ।  जाली निकालेपछि भने केहि राहात महसुस गरेको उनले बताए । त्यस्तै आगामि दिनमा टुकुचा खोलाको एउटा पुल भत्काएर एक मिटर जति गहिरो पार्ने योजना रहेको उनले जानकारी दिए ।   

त्यस्तै खोलामा फोहोर फाल्नेलाई सजाय स्वरुप एक रात थुनामा राख्ने र नगत जरिवाना समेत तिराउने गरी सुचना दिएको  र फोहोर फालेको खबर गर्नेलाई उपहार स्वरुपमा जरिवानाको आधा रकम दिने निर्णय गरेको उनले बताए ।  ३ र ४ नम्बर वडाबाट समेत फोहोर बगेर आउँने भएकाले अझ समस्या भएको छ । 

काठमाडौँ महानगरभित्र घर बनाउँखा अनिवार्य सेफ्टी ट्याङ्की बनाउने प्रावधान महानगरले राखेको हुनाले यसलाई अनिवार्य गरे खोला नाला फोहोर नहुँने उनको बताए ।   

त्यसैले त श्रेष्ठ भन्छन् लाजिम्पाट तथा वडा नम्बर २ लाई धुलो, धुवा, फोहोर रहित उज्यालो बनाउने योजना रहको उनले भने  । त्यस्तै लाजिम्पाट प्रवेश हुने ठाउँमा नियम सहितको सुचना बोर्ड राख्ने र  डस्विनमा फोहोर फाल्ने वातावरण सिर्जना गर्ने उनले बताए । वडाको फोहोर ब्यवस्थापनको लागि फोहोर संकलनको ब्यवस्था गरेको र समयमा नै घरघरमा फोहोर संकलन गर्न आउने र यदि समयमा फोहोर संकलन गर्न नआएको बवस्थामा अर्को संस्थालाई दिने छौँ उनले भने । 

त्यस्तै आकाशे पानी संकलन तथा बलेसीमा झर्ने पानीलाई ढलमा राख्ने काम सुरु भइसकेको छ , बलेसीको पानी सार्वजनीक ठाउँमा नझर्ने गरी काम गरेको र धेरै घमा पत्र काटेको उनले बताए , त्यस्तै , घरमा पालेका कुकुरलाई शौच गराउँन सडकमा ल्याई फोहोर गर्ने प्रचलन हटाउन   लागि परेको र प्रत्येक नागरीक आफ्नो ठाउँको बर्दि बिनाको प्रहरी भएकाले सचेत गर्न आह्वान गरेको उनको भनाई छ ।   आफ्नो ठाउँको सरसफाईको लागि आफै लागि पर्नुपर्ने भएको उनको भनाई छ ।  

त्यस्तै वडाको प्रशासनिक काम सबै भन्दा राम्रो र पारदर्शी भएकाले वडावासी सबै खुसि भएका छन् एक वर्षको अवधिमा गौरवका साथ धेरै काम गरेका छौँ  भन्ने लाग्छ उनलाई  ।

त्यस्तै, महिला ससक्तिकरणको लागि बिभिन्न तालिमहरु प््रदान गरेको छ । जस मध्ये, बेकरी, उद्घोषण, कौशिखेती लगाएका तालिम सम्पन्न भएको छ, आर्थिक रुपमा सम्पन्न नभएको कारणले महिला पछाडी परेको हुनाले तालिम लिएपछि उधोगि बन्न सक्ने वातावरण बनाउने तथा समाजमा रहेका एकल, पिछडीएका, दलीत महिलालाई उचित तालिम दिदै आएको उनले बताए ।  जसले महिला सशक्तिकरणमा टेवा पुग्न सकोस् । 

मेयरले काम गर्नु भनेर छोडेको हुनाले  सबै वडामा काम भइरेको बताउँदै मेयरले काम गरेन भन्ने भनाई छ तर मेयरले का मगर्न सक्दो सहयोग गरेको हुनाले वडा बाट भएका सबै काम मेयरले नै गरेको हो भन्ने लाग्छ उनलाई ।  त्यसैले मेयरले काम गरेन भन्ने ठाउँ छैन् समग्र काम मेयरले नै गरेको हो  । मेलम्चीको कारणले धुलो बढेको छ , धुला  हिलो  भएको ठाउँको फोटो खिचेर स्मार्ट सिटी भनेर जीस्काउने परम्परा बढेको छ त्यो राम्रो हैन् उनले भने , त्यसैले कि सबै अधिकार स्थानीय तहमा आए का मगर्न सहज हुन्छ भन्ने लाग्छ उनलाई ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै