• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपको दोस्रो चरणमा जान अर्जेन्टिनाका यस्ता छन् विकल्प 

kharibot

काठमाडौँ ।  विश्वकप फुटबलमा अर्जेन्टिना र लियोनेल मेसीको असफलताले विश्वभर रहेका अर्जेन्टिनाका र मेसीका फ्यानहरु दुखि भएका छन् । दोस्रो खेलमा आइसल्याण्डलाई नाइजेरियाले पराजित गरेर अर्जेन्टिनाको विश्वकप यात्रामा केहि हदसम्म नयाँ जीवन पाएको जस्तो भएको छ । 

समूह डीबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् । 

समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको समान १-१ अंक छ । तर गोल अन्तर अर्जेन्टिनाको भन्दा आइसल्याण्डको राम्रो छ । आसल्याण्डको गोल अन्तर  माइनस २ छ भने अर्जेन्टिनाको माइनस ३ छ । यो समूहको अन्तिम २ खेल मंगलबार राति पौने १२ बजे एकै समयमा हुने छन् । 

क्रोसिया :

क्रिसियाले आफ्नै दूवै खेलमा जित हासिल गरेर ६ अंक सहित दोस्रो चरणमा ठाउ बनाइसकेको छ । अब अन्तिम खेलमा क्रोसिया आइसल्याण्डसँग खेल्ने छ । क्रोसियाले आइसल्याण्डको डिफेन्सलाई तोडेर जित निकाल्न सके नाइजेरिया र अर्जेन्टिनाका लागि सहज हुने देखिन्छ । 

आइसल्याण्ड :

एक अंकसहित तेश्रो स्थानमा रहेको आइसल्याण्डलाई अघिल्लो चरण पुग्नका लागि क्रोएसियासँगको खेल जित्नै पर्ने देखिन्छ । तर अब क्रोएसियासँगको जित मात्र पनि आइसल्याण्डलाई अघिल्लो चरण पुग्न काफी हुदैन आइसल्याण्ड अर्जेन्टिना र नाइजेरियाबीचको खेलको नतिजामा पनि भर पर्नु पर्ने देखिन्छ ।

क्रोएसियासँगको खेल २ गोलभन्दा बढीको अन्तरले जितेको स्थितिमा अर्जेन्टिना र नाइजेरियाले बराबरी खेलेमा, वा अर्जेन्टिना ३ गोलभन्दा कम अन्तरमा विजयी भएमा आइसल्याण्ड अघिल्लो चरणमा पुग्ने छ । 

नाइजेरिया :

यो समूहमा रहेको ३ टिममध्ये नाइजेरिया मात्र एक टिम हो जो अर्जेन्टिनाविरुद्धको खेल जितेमा सिधै अघिल्लो चरणमा पुग्ने छ । उसले अघिल्लो चरण पुग्नका लागि अरु खेलका नतिजा कुर्नु पर्दैन ।

त्यस्तै नाइजेरियाले अर्जेन्टिनालाई बराबरीमा रोकेरमा पनि अघिल्लो चरण पुग्ने सम्भावना पनि कायमै रहने छ । अर्जेन्टिनासँग बराबरी गरेको खण्डमा नाइजेरिया क्रोएसिया र आइसल्याण्डसँगको खेलको नतिजामा पनि भर पर्नुपर्छ ।

नाइजेरिया अर्जेन्टिनासँग बराबरीमा रोकिएको खण्डमा र क्रोएसियाले आइसल्याण्डलाई हराएमा नाइजेरिया अघिल्लो चरणमा पुग्ने छ । साथै क्रोएसियामाथि आइसल्याण्डको १ गोल अन्तरको जितले पनि नाइजेरियालाई अर्जेन्टिनासँग बराबरी गरे अघल्लिो चरणमा पुग्नबाट रोक्न सक्दैन । यस्तो अवस्थामा नाइजेरिया गोलअन्तरका आधारमा आइसल्याण्डलाई पन्छ्याउँदै अघिल्लो चरणमा पुग्नेछ ।

अर्जेन्टिना :

२ खेलमा एक अंक रहेको अर्जेन्टिना अहिले समुहको पुछारमा रहेको छ । अब अर्जेन्टिनालाई पनि अघिल्लो चरणमा पुग्नका लागि नाइजेरियासँगको खेलमा ३ गोलभन्दा बढीको अन्तरको जित बाहेक अर्को विकल्प देखिदैन । अर्जेन्टिनाले नाइजेरियालाई ३ गोल भन्दा बढीले हराएमा पनि अघिल्लो चरणमा पुग्न क्रोएसिया र आइसल्याण्डको खेलको नतिजामा भर पर्नुपर्छ ।

क्रोएसिया र आइसल्याण्डबीचको खेल बराबरी भएमा वा क्रोएसियाले जितेको स्थितिमा अघिल्लो चरणमा पुग्न अर्जेन्टिनालाई नाइजेरियामाथि सामान्य जित भए मात्रै पुग्छ ।

आइसल्याण्ड विजयी भएको स्थितिमा उसले क्रोएसियालाई जति अन्तरले हराउँछ, अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न नाइजेरियालाई त्यसमा १ गोल अन्तर थपेर हराउनु पर्छ । जस्तै आइसल्याण्डले क्रोएसियालाई २–० ले हराएमा अर्जेन्टिनाले नाइजेरियालाई ३–० ले हराउनु पर्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै