• २०८१ बैशाख १२ बुधबार

स्विडेनमाथि जर्मनीको नाटकीय जित, दोस्रो चरणको सम्भावना कायमै

kharibot

काठमाडौँ । यस विश्वकपमा जर्मनीले पहिलो जित हासिल गरेको छ । 

समुह एफ अन्तरर्गत स्विडेनसँग भएको खेलमा अन्तिम समयमा गोल गर्दै जर्मनीले २-१ को नाटकीय जित निकालेको हो । पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीको यो पहिलो जित हो ।

जर्मनीको जितमा मार्को रेउस र टोनी क्रुजले गोल गरेका थिए भने स्विडेनका लागि एक गोल ओला टोईभोनेनले गरेका थिए ।

१-१ गोलको अवस्थामा ९० मिनेटपछिको इन्जुरी समयमा डी बक्स बाहिर पाएको फ्री-किकलाई जर्मनीका टोनी क्रुजले गोलमा परिणत गर्दै जर्मनीका लागि निर्णायक गोल गरेका थिए । यस अघि खेलको ८२औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि जर्मनीका डिफेन्डर जेरोम बोटयाङले मैदान छोड्दा जर्मनी १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि जर्मनीले ३ महत्वपूर्ण अंक हासिल गरेको छ । समुह जि बाट मेक्सिको २ खेलमा ६ अंक हासिल गरेर दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया दुवै खेलमा हार बेहोरेर विश्वकपबाट बाहिरिएको छ । अब यस समुहबाट स्विडेन र जर्मनी मध्ये एक टिम दोस्रो चरणमा जाने छन् जसको निर्णय अन्तिम खेलबाट हुने छ ।

समुह चरणको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरियाको सामना गर्ने छ भने स्विडेनले मेक्सिकोको सामना गर्ने छ ।      
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै