• २०८१ बैशाख ७ शुक्रबार

के तपाईंलाई थाहा छ ? शारीरिक सम्भोगमा यी खानेकुराले औषधिकै काम गर्छन् !

kharibot

काठमाडौँ । शारीरिक सम्भोग सृष्टिको महत्वपूर्ण र आवश्यक कार्य हो । मानिसलाई पुस्तौँ पुस्तासम्म जोगाउन यो अत्यन्तै आवश्यक हुन्छ भने संसारमा कामोत्तेजनाको प्रयोग गर्ने साधनका रुपमा पनि शारीरिक सम्भोगलाई लिइन्छ ।

शारीरिक सम्भोग हरेक प्राणीले गर्ने गर्दछन्, मानिसको जीवनमा पनि यही लागू हुन्छ । तर कतिपय अवस्थामा मन हुँदा हुँदै शरीरको अवस्थाले साथ नदिने हुँदा कति मानिसहरु यसबाट प्रताडित हुने गरेका छन् ।

सम्भोगका लागि व्यक्तिको स्वास्थ्य तन्दुरुस्त हुन आवश्यक छ र तन्दुरुस्तीमा शरीरलाई राख्न हामीले दिनहुँ सेवन गर्ने खानपिन, आहारविहारको महत्वपूर्ण योगदान पुगेको हुन्छ । स्वस्थ र मनतोषी सम्भोगको लागि घरमै बनेका परिकारले धेरै मद्दत गरेका हुन्छन् ।

केही यस्ता खाद्यान्न फलफूलहरु हुन्छन् जसले तपाईंको शारीरिक सन्तुष्टिलाई मद्दत गर्दछन् । कालिफको बेभर्ली हिल्समा रहेको बर्मन वुमन्स वेलनेस सेन्टरकी एमडी जेनिफर आर बर्मनका अनुसार खानेकुरामा रहेका केही भिटामिनले पर्याप्तमात्रामा सम्भोगबाट तुष्टि मिल्ने गर्छ ।

एभोकाडो
एभोकाडो अर्थात् घिउफल पनि भन्ने गरिन्छ नेपालीमा । यो फलले हाम्रो मुटुको धड्कनलाई बलियो बनाउन मद्दत गर्छ भने शरीरका सबै भागमा रक्त प्रवाहमा समेत उल्लेख्य योगदान दिन्छ ।

अल्मोन्ड
अल्मोन्डलाई नेपालीमा हाडे बदाम पनि भन्ने गरिन्छ । यसले तपाईंको उत्तेजना शक्ति वृद्धि गर्न मद्दत पुग्छ भने तदनुरुपको कार्यमा पनि रुचि बढाउँछ । त्यस्तै यसको अर्को फाइदा भनेको प्रजनन शक्ति वृद्धिमा पनि यसले महत्वपूर्ण सहयोग दिन्छ । यो खानेकुरा मानिसको स्वास्थ्यका लागि र प्रजननका लागि भिटामिन ई, जिंकजस्तै अत्यावश्यक कुरा हो । हामीलाई यसले पक्कै केही फाइदा गर्छ भन्नेचाहिँ थाहा छ तर कसरी फाइदा गर्छ भन्नेचाहिँ थाहा छैन ।

स्ट्रबेरी
यो एक किसिमको ऐँसेलुजस्तै फल हो तर यो ऐँसेलुभन्दा निकै ठूलो हुन्छ । यो रातो रंगमा हुन्छ । एउटा अध्ययनका अनुसार रातो पहिरनमा मान्छे सबैभन्दा मनमोहक देखिन्छ अन्य रंगका कपडाको तुलनामा । स्ट्रबेरी फोलिक एसिडको स्रोत नै हो, भन्नाले यो एउटा भिटामिन बी हो । यसले बच्चाहरु जन्मिँदा अपांगता नहुन महिलाहरुलाई एकदमै मद्दत गरेको हुन्छ । क्यालिफोर्निया युनिभर्सिटीका अनुसार यसले पुरुषको वीर्य बढाउने काम पनि गर्छ ।


सिफुड्स
सिफुड्स भन्नाले समुद्रसम्बन्धी खानेकुरा भन्ने बुझिन्छ । मुख्यताया माछा र शेलफिस (सिपीदार माछा) यसअन्तर्गत पर्छन् । यस्ता खानाले मानिसको शरीरमा कामोत्तेजना बढाउने औषधिले जस्तै सहयोग गर्ने भएकाले यसको प्रयोग गर्नु मानिसका लागि आवश्यक छ । अझ सम्भोगकै लागि त यो नभई नहुने खाना हो । साल्मोन प्रजातिका माछा यसका उदाहरण हुन् । यसको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।


अरुगुला
यो एक किसिमको सागपात हो । पहिलो शताब्दीदेखि नै यसको प्रयोग हुँदै आएको बताइन्छ । यौनिक स्वास्थ्यको लागि यसले विशेष मद्दत गर्ने विज्ञहरुको कथन छ । यो सलादमा समेत प्रयोग हुने गर्छ ।

फिग्स
यो एक प्रकारको फल हो । यसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । त्यस्तै कामोत्तेजनावृद्धिमा पनि यो औषधि साबित हुन सक्छ भने मुटुलाई स्वस्थ राख्न सक्ने हुनाले यसको सेवन उत्तिकै आवश्यक छ ।

सिट्रुस
यो एक किसिमको अमिलो फल हो । यसबाट भिटामिन सी पाइन्छ भने मान्छेको प्रजनन स्वास्थ्यमा आवश्यक पर्ने फलिक एसिड पनि यसबाट मिल्छ ।

  • एजेन्सीहरुबाट अनुदित ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै