• २०८१ बैशाख १४ शुक्रबार

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

kharibot

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ ।

उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान उनले ट्रम्पको तस्बिरमा पूजा गरेर आशीर्वाद समेत लिने गरेका छन् । 

भारतको तेलांगनाको एउटा सानो गाउँमा बस्ने बुसा कृष्णा नामका ती व्यक्तिका लागि ट्रम्प अहिले भगवान नै भएका छन् । किन उनलाई यस्तो लाग्छ त भन्ने प्रश्नमा कृष्णा भन्छन्, ‘म हरदिन आफ्नो मनपर्ने सबै भगवानको पूजा गरेपछि ट्रम्पको पूजा गर्छु ।’

पछिल्लो महिना कृष्णाले ट्रम्पको तस्बिरमा दूध चढाएर उनको अभिषेक नै गरेका थिए । उनले ट्रम्पको तस्बिरमा महाभिषेक गरेको भिडियो भाइरल बनेको थियो । सोही भिडियोले कृष्णालाई चर्चित बनाएको हो । 

कृष्णा अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशको लागि जे पनि गर्न तयार रहने साहसी नेता मान्छन् । उनले आफ्नो फेसबुक पेजमा पनि पृष्ठभूमिमा ट्रम्पकै तस्बिर राखेका छन् । उनका अनुसार आफ्नो देश र जनताको लागि खरो रुपमा उत्रिएकै कारण उनी ट्रम्पलाई देवतासमान मान्न बाध्य भएका हुन् ।

उनको विरोधीहरु हुनुलाई उनी लोकतन्त्रमा यस्तो कुरा सामान्य हुने बताउँछन् ।  उनले भारत र अमेरिका असल मित्रराष्ट्र बन्नुपर्ने बताउँछन् । त्यसो त उनले ट्रम्पको ह्वाइटहाउसमा एकदिन पुग्ने सपना देखेका छन् ।

उनी के पनि भन्छन् भने अमेरिकामा ट्रम्प बाहेक अरु कसैलाई पनि चिन्दैनन् । मोदीको बारेमा सोध्दा भने उनले केही पनि बताएनन् भने आफ्ना मुख्यमन्त्री चन्द्रशेखर रावलाई पनि उनी उत्तिकै मन पराउँछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै