प्रतिनिधिसभामा मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन । 

सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाए  । 

सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अन्त्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गरिन । 

उनले आत्महत्या भनिएको सो घटनामा बालिकाको दुबै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्री समक्ष आग्रह गरे । 
 

सम्बन्धित समाचार

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुल एक खर्ब ३१ अर्ब खर्च

काठमाडौँ । नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ ।  निर्वाचन पर्यवेक्षण समिति नेपालले

प्रतिनिधिसभामा मोहम्मद मुस्तक आलमको शोक प्रस्ताव पारित

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन ।  प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको

प्रतिनिधिसभामा मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न सांसदको आग्रह

काठमाडौँ / प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे ।  सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको